27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 12:59

TRENDING .

समर्थन फिर्तासँगै मोर्चाले स्थानीय निकायको निर्वाचन विथोल्ने कार्यक्रम घोषणा, यस्ता छन् कार्यक्रम

- Advertisement -

चैत्र -२, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई दिएको ज्ञापन पत्रको आधारमा स्वतः मधेशी मोर्चाको समर्थन फिर्ता भएको हो । समर्थन फिर्तासँगै मधेशी मोर्चाले घोषित स्थानीय निकायको निर्वाचन विथोल्ने कार्यक्रम घोषणा गर्दैछ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले मंगलबार राती १२ बजेबाट सरकारलाई दिइएको समर्थन औपचारिक रुपमै फिर्ता हुने बताए । हुलाकी न्यूजसँग लालले भने,‘सरकारलाई समर्थन दिने बेलामा प्रक्रिया पुरा गरिन्छ तर समान्य अवस्थामा समर्थन फिर्ता राजनीतिक निर्णयबाट हुन्छ । त्यसकारण हामीले अस्ति नै प्रधानमन्त्रीलाई लिखित रुपमै बुझाएकोले आजबाट स्वतः समर्थन फिर्ता भएको छ ।’

मंगलबार बसेको मधेशी मोर्चाको सचिवालयको बैठकले समर्थन फिर्ता लिएपछिको आन्दोलनको खाका बनाएको छ । सचिवालयको खाका अनुसार बुधबार बस्ने मोर्चाको बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्नेछ ।

सचिवालयले तयार पारेको खाका अनुसार चैत्र ३ गतेदेखि ११ गतेसम्म भण्डाफोर कार्यक्रम नै हुने रामसपाका महासचिव केशव झाले बताए । झाले दिएको जानकारी अनुसार ३ गतेदेखि ११ गतेसम्म एसएलसी परीक्षा भएकोले विद्यालयलाई प्रभावित हुने कुनै कार्यक्रम नहुने बताए । १२ गतेदेखि मोर्चाले विरोध प्रदर्शन तथा निर्वाचन विथोल्ने कार्यक्रमहरु गर्ने झाले बताए । श्रोतका अनुसार मधेशी मोर्चाले निर्वाचन विथोल्न सुरु गर्ने आन्दोलनमा निर्वाचनसँग सम्बन्धि कर्मचारीहरु तथा कार्यालयहरु निसानामा पर्नेछ । कुनै पनि अवस्थामा स्थानीय निकायको निर्वाचन हुन नदिने रणनीति मोर्चाले लिदैछ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्