27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 07:24

TRENDING .

संसद बैठक बहिस्कार गर्दै मोर्चा बाहिरियो

- Advertisement -

चैत्र-१, संयुक्त लोतान्त्रिक मधेशी मोर्चाले मंगलबार व्यवस्थापिकाको बैठक बहिस्कार गरेर बारिरिएको छ। बैठकको कार्य प्रारम्भ भएपछि मोर्चाका नेतासमेत रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संसदमा बोलेका थिए ।

संविधान संशोधन प्रस्ताव पारित गरेर मधेशीलाई अधिकार सम्पन्न गराउनुको साटो उक्त विधेक पारित गर्न आनाकानी गर्दै सरकारले मधेशीलाई अधिकारबाट बञ्चित गराउन लागेको उनले आरोप लगाए। ‘संविधान संशोधन नगर्ने, मधेशीलाई गोली हान्ने र अधिकारबाट बञ्चित गराउन खोजिएको छ,’ उनले भने ।  कर्णले बोलेपछि मोर्चामा आबद्ध दलका सांसदहरुले संसद बैठक बहिस्कार गरी बाहिरिएका थिए ।

संसदको बैठकमा मंगलबार विशिष्टहरुको पारिश्रमिक सम्बन्धिक विधेयक, सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशको सेवा सुविधा सम्बन्धी विधेयक, स्थानीय तहको वडा निर्धारणसम्बन्धी विधेयकलगायत विधेयकमा छलफल हुँदै छ ।  बैठकमा कम्पनी ऐनको संशोधन विधेयकमा छलफल गर्ने पनि कार्यसूचीमा रहेको छ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्