चैत्र-१, रजहर, नारायण सुबेदी, पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको रजहरमा सबारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रजहरले दिएको जानकारी अनुसार देवचुली न.पा.-३ कैउरेनि बस्ने बर्ष ३५ को देबसिंह दर्लामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हिजो साँझ पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना५ख ४३६४ न. को बसले साईकलमा सवार दर्लामीलाई ठक्कर दिदा उनि सहित उनकी श्रीमती दिलमाया दर्लामी गम्भीर घाईते भएका थिए । दिलमायाको अवस्था गम्भीर रहेको र उनको उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक रजहर स्थित प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।