27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 09:19

TRENDING .

नेपालको केन्यासामु ७ विकेटको सानदार जित हात पार्यो

- Advertisement -

फागुन-३०, आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपाल सानदार विजयी भएको छ। केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ६४ रनको योगदान दिए। ९३ बल खेलेका मल्लले ८ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै दीपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए। ६६ बलको सामना गरेका ऐरीले ८ चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै ऐरीको ठाउँमा आएका सरद भेसवाकरले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा २४ रन बनाएका थिए। नटआउट रहेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए। उनले तिसौ ओभरको पहिलो बलमा चौका प्रहार गरेका भसवारले अर्को बलमा छक्का प्रहार गरेका थिए। जबकी नेपालका लागि त्यतिखेर २ रन मात्र आवश्यक थियो।

यसअघि चार ओभरभित्र १४ रनको स्थितिमा  २ विकेट गुमाइसकेको नेपालका लागि ऐरी र मल्लले सतकीय साझेदारी गर्दै खेलमा फर्किएको थियो। सुनिल धमला १ रनमा आउट हुँदा सागर पुनलाई नेपालले ५ रनमा गुमाएको थियो।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्