27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 09:41

TRENDING .

तराईमा आज होली हर्षोल्लासपूर्वक मनाइँदै, नवलपुरमा मिडियाको होली बिशेष कार्यक्रम, प्रहरीले आज बिशेष निगरानी गर्ने

- Advertisement -

फागुन-३०,  देशको तराई/मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली मनाइँदैछ । आइतबार देशका पहाडी जिल्लाहरुमा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबिर छ्यापाछाप गरेर मनाउन लागिएको हो । नवलपरासीमा पनि आज धुमधामसंग होली मनाईदै छ । यहाका बिभिन्न संघ सस्था र संचार माध्यमहरुले होलीका अवसरमा बिभिन्न कार्यक्रम को आयोजना गरेका छन् । बिबिध सास्कृतिक कार्यक्रम, डिजे डान्स, बिभिन्न खेल प्रतियोगिता देखि लिएर शुभकामना आदानप्रदान कार्यारम यहाका संचार माध्यमले राखेका छन् । कावासोतीमा संचार माध्यमहरुमा आज सर्वसाधारणको घुईचो देख्न पाइन्छ । यस क्षेत्रमा बिगतका बर्षमा पनि मिडियाले बिभिन्न कार्यक्रम गर्दै आएका थिए ।

आज होली पर्वलाई मर्यादित र शान्त बनाउन प्रहरी ले बिशेष निगरानी गर्ने योजना बनाएको ईप्रका कावासोतीका प्रमुख राजेश थापाले बताउनु भएको छ । सम्भावित दुर्घटना र अवान्छित गतिबिधिलाई नियन्त्रण गर्न आज थप प्रहरी परिचालन गरीने, ट्राफिक जाचलाई थप प्रभावकारी बनाईने , मापसे चेकिङ्ग पैला भन्दा बढी स्थानमा हुने  र सडक यातायात निर्वाध रुपमा संचालन हुन दिन सडक चोक चोकमा प्रहरी टोली खाटाईने, जवर्जस्ती रंग दल्ने र लोला हान्नेलाई पनि नियन्त्रणमा लिईने थापाले बताउनु भयो ।

सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा सरकारी विदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ ।

होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्‍याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ । यसपालि तराई मधेसका जिल्लाहरुमा आन्दोलन भइरहेकाले अघिल्ला वर्षहरुको तुलनामा यसवर्षको होली केही फिक्का हुने भएको छ ।

होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आˆना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्