27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:12

TRENDING .

नवलपरासीको भुमहीको एमालेको सभामा ओली नबोल्ने भएपछि सामान्य, भैरहवा पुगेर पोखे ओलीले रिस

- Advertisement -

फागुन-२९, खगराज सापकोटा –मधेशी मोर्चाको विरोधका बावजुत नेकपा एमालेले आईतबार जिल्लाको भुमहीमा मा वृहत आमसभा गरेको छ । मेची महाकाली अभियान अन्र्तगत  प्रदेश नम्बर ५ को भुमहीमा आमसभा गरेको हो । शनिवार कावासोतीमा बास बसेको अभियानको टोली दिउसों मोर्चाको बन्द छिचोल्दै भुमही पुगेको थियो । भुमही प्रवेशका क्रममा मोर्चाका कार्यकर्ताका ले बिभिन्न स्थानमा अवरोध गर्न खोजे पनि सामान्य भनाभन बाहेक कुनै अप्रिय घटना  केहि हुन पाएन । भुमहीको कार्यक्रम लाई शिर्षनेता मध्ये पुर्व अध्यक्ष झलनाथ खनालले मात्र सम्बोधन गरेका थिए । खनालले नेकपा एमाले मधेशमा सधै बलियो पार्टीकोरुपमा स्थापित भएको र मधेशीको अधिकारका लागि लडीरहदा समेत केही तत्वले एमाले लाई मधेश विरोधीको संज्ञा दिएकोमा दु: ख ब्यक्त गर्नुभयो ।

मधेशी विरोधी अभिब्यक्ति दिने एमाले अध्यक्ष केपी ओलीको कार्यक्रम बहिष्कार गरेर परासी क्षेत्र बन्दको आवहान गरेको थियो । मोर्चाले पुर्वपश्चिम राजमार्गको बांसाबसहीमा एमाले नेता लाई कालो झण्डा देखाएर विरोध जनाएको मधेशी मोर्चा नवलपरासीमा संयोजक मुकुरजी गिरीले जानकारी दिए । ‘ मधेश विरोधी भाषण गर्ने केपी ओलीले सम्बोधन नगर्ने भएपछि स्तिथि सामान्य बनेको हो । बैकल्पिक केन्द्रिय सदस्य तिलक महतका अनुसार अध्यक्ष ओलीको काठमाण्डौमा मिटी¨ भएकाले सम्बोधन गर्न आउन नभ्याउने बताए । मेची महाकाली अभियान अन्र्तगत भुमही बाट सिधै भैरहवा जाने निर्धारीत रुट भने मधेशी मोर्चाले परासी बन्दको आवहान गरेपछि बुटवल हुदै भैरहवा पुग्ने छ । सभाका लागि जिल्लाको वर्दघाट देखी सुनवल , परासी सम्म शसस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिती छ ।

भुमहीको कार्यक्रममा बोल्न नपाएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले भैरहवामा पुगेर अहिलेको सरकार ‘अलिच्छिनी’ भएको बताएका छन् । यो सरकार बनेदेखि नै गाडी दुर्घटना भएको भन्दै ओलीले आमसभामा भने-कस्तो अलच्छिनी सरकार !’

मेची-महाकाली राष्ट्रिय अभियान लिएर आइतबार भैरहवा पुगेका प्रमुख विपक्षी दल एमालेका शीर्ष नेताहरुले प्रचण्ड सरकारसँगै मधेसी मोर्चाको पनि चर्को आलोचना गरेका छन् । यतिसम्म कि एमाले अध्यक्ष ओलीले सवारी दुर्घटना पनि प्रचण्ड सरकारकै कारण भएको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘विकास प्रेमी, नेपाली जनताले मन पराएको सरकारलाई हटाएर अर्कैको इशारामा एउटा यस्तो सरकार बनेको छ । यो सरकार बनेदेखि गाडी नपल्टिएको दिन नै छैन । उम्दै उलच्छिनी सरकार !’

उनले मधेसी मोर्चामाथि केही मानिस मराउने र त्यसमाथि राजनीति गर्ने गरेको आरोप लगाए । सप्तरीमा पनि त्यस्तै भएको भन्दै उनले भने, ‘तथाकथित मधेसी मोर्चाले केही मानिसलाई उचालेर भिडन्तको स्थिति बनायो ।’

संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने भन्दै ओलीले भने, ‘भत्ता लिने, गाडी चड्ने अनि संविधान मान्दिन भन्ने । नकचरोको पनि हद हुन्छ नि ?’  ओलीले नयाँ शक्ति नेपाललाई बुद्धि बिग्रिएकाहरुको समूहको संज्ञा दिएका छन् । नयाँ शक्ति नामको २/४ जनाको समूहले एमाले मुक्त अभियान भनेको भन्दै उनले भने, ‘बुद्धि बिग्रिएका भ्रष्ट बुद्धिजिवीहरुको संगठन ’ भनेर भनेका छन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्