फागुन-२९, एकता महाधिवेशन सम्पन्न भएको एक महिना नपुग्दै संसदको चौथो ठूलो दल राप्रपा विभाजनको संघारमा पुगेको छ ।चुनाव चिन्ह हलो हटाएकोमा असन्तुष्ट बरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले पार्टीको कुनैपनि तहमा नरहेको भन्दै पार्टी अध्यक्ष कमल थापालाई पत्र बुझाएका छन् ।
फागुन ६ गते भएको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने बताएपनि अन्तिम समयमा अडान त्यागेका थिए । पार्टी एकीकरणको समयमा भएको सहमति विपरित पार्टीको चुनाव चिन्ह हलो हटाएकोमा लोहनीको मुख्य असन्तुष्टि रहेको उनी निटक स्रोतले जानकारी दियो । लोहनीले असन्तुष्ट समूहको भेला बोलाउने तयारी गरेको उनी निकट स्रोतले बतायो ।