27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 05:58

TRENDING .

एमालेको अभियान सभा आज भुमहीमा, मोर्चा–एमाले बासामा आमने-सामने

- Advertisement -

फागुन-२९, परासी, हुसेन अन्सारी । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले आज नवलपरासीको भुमहीमा हुने एमालेको मेची–महाकाली जागरण अभियान बिथोल्ने बताएका छन् ।

हिजो कावासोतीमा सभा गरेको एमालेको जागरण अभियानको आज नवलपरासीको भुमहीमा आयोजित सभामा सहभागि हुन एमालेका केन्द्रीय नेताहरुको टोलीलाई मोर्चाले राजमार्गस्थित बाँसाबसही चोकमा कालो झण्डा देखाउदै बाटो अवरोध गरि बिरोध प्रदर्शन गर्ने तयारी गरेको बताएको छ ।

मोर्चाले एमालेको अभियानप्रति बिरोध जनाउदै हिजो सँझ बासाबासहीमा राँके जुलुस निकालेको थियो भने बिरोधमै आज जिल्लाको सदरमुकाम परासी लगायतका मधेश क्षेत्रमा बन्द आव्हान गरेको छ । विहानैदेखि परासी, महेसपुर, बेलाटारी गोपीगंज र हकुई लगायतका क्षेत्रमा मोर्चाका कार्यकर्ताहरुले बजार बन्द गराउदै बासामा एमाले नेताहरुको कडा विरोध गर्ने तयारीमा लागेको मोर्चाले जनाएको छ ।

त्यसैबिच एमालेको कार्यक्रम सफल बनाउन र जिल्लमा कुनै प्रकारको अप्रिय घटना हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद चौधरीका अनुसार जिल्लाको बर्दघाट, बासाबसही, भुमही लगायतका क्षेत्रमा सुरक्षाकर्मीहरु बाक्लो रुपमा खटाइएको छ ।

यता एमालेका जिल्ला नेताहरुले जारण अभियान सफल बनाउन भुमहीस्थित रंगशालामा भव्य सभाको आयोजना गरि हजारांैको संख्यामा कार्यकर्ता उतार्ने तयारी गरेका छन् । सभा सम्बोधन गर्न एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल, नेता ईश्वर पोख्रेल लगायतका नेताहरु सभालाइ सम्बोधन गर्न आउने भएका छन् ।

ताजा खबर

- Advertisement -

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्