27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 10:11

TRENDING .

नवलपरासीमा रसायनिक बिषाधि कम गर्न सडक नाटक

- Advertisement -

कावासोती-२९, नवलपरासीको धौवादी २ जुगेपानिमा  सचेतना मुलक सडक नाटक प्रदर्शन गरीएको छ । कृर्षि विकाश मन्त्रालय , वालि संरक्षणा निर्देशनालय हरीहर भवन काठमाण्डौको आयोजना तथा हव ब्रोकास्टीङ्गको  प्रस्तुती रहेको “रोगको मुहान”  नामक सडक नाटक प्रदर्शन गरीएको हो । पछिल्लो समयमा तरकारी तथा फलफुलहरुमा रसायनिक विषादीको प्रयोग बढेकाले कृषकहरुलाई रसायनिक बिषधि प्रयोग न्युनिकरणाबारे जनचेतना फैलाउन नाटक प्रदर्शन गरीएको  बताईएको छ । बिषाधि प्रयोग गर्ने कृर्षकहरुलाई बिषाधिको असरबारे जानकारी गराउने उधेश्यले नाटक प्रर्दशन गरीएको हो। वैकुन्ठ भण्डारीको लेखन रहेको नाटकको निर्देशन खगराज सापकोटाले गर्नुभएको थियो । नाटकमा प्रकाश बस्याल खगराज सापकोटा, जुना मगर, नवराज अधिकारी,  पुरुषोत्तम ज्ञावाली , मनिषा भुषाल, किरण भुर्तेललगाएतले अभिनय गरेका थिए ।

यो नाटकलाई आगामी दिनमा  चितवन मकवानपुर, रुपन्देही लगाएतका ठाउमा प्रदर्शन गरीने कार्यक्रम का संयोजक खगराज सापकोटाले जानकारी दिए  । पहिलो चरणामा नवलपरासीको धौवादी २ जुगेपानीमा प्रदर्शन गरीएको हो ।

ताजा खबर

- Advertisement -

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्