27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 02:02

TRENDING .

बन्द र शोकले पूर्वी मधेस देखी पश्चिम मधेशसम्मकै होली फिक्का

- Advertisement -

फागुन-२९, सप्तरी घटनाले यसपटकको मधेसको होली खल्लो हुने भएको छ। सप्तरीमा नेकपा एकालेको सभा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्न खोज्दा प्रहरीसँग भएको झडपमा मोर्चातर्फका पाँचजनाको मृत्यु र दर्जनौं घाइते भएका छन्। त्यसपछि मधेसका विभिन्न जिल्लामा निरन्तर बन्दहडताल छ।

रौतहटको गरुडास्थित उच्च माध्यमिक विद्यालयका शिक्षक प्रकाशचन्द्र झा यस वर्षको होलीमा अबिर नलगाउने र रङ पनि खेल्न नसक्ने बताउँछन्। एकसाथ धेरै निर्दोषको घरमा होलीको मुखमा शोक परेकाले होली नमनाउने निष्कर्षमा उनी पुगेका छन्। ‘कतै शोक र कतै होलीको आनन्द हुनै सक्दैन’, झाले भने।

पर्व आउनु दुई दिनअघि देखि नै मधेसका सबै चोक र बजार होलीका गीतले गुन्जायमान हुन्थे तर यसपालि होलीको रौनक खासै देखिएको छैन। बजार बन्द छ, विद्यालय तथा सरकारी कार्यालय पनि बन्द छन्। शोक र आक्रोशको वातावरणमा होली खेल्न नसकिने उच्च मावि औरैयाका शिक्षक सञ्जयकुमार साह बताउँछन्। बन्द र सप्तरी घटनाले खल्लो बनाएकाले यसपालिको होली मधेसी समुदायका लागि फिक्का हुने ज्येष्ठ नागरिक संघ रौतहटका अध्यक्ष विजयकिशोर झा बताउँछन्।

सप्तरी घटनाका दोषीलाई कारबाही, मृतकलाई क्षतिपूर्ति, घाइतेको उपचार र संविधान संशोधन हुनुपर्ने माग गर्दै मोर्चाले मंगलबारदेखि जारी राखेको आन्दोलनका कारण यहाँका शैक्षिक संघसंस्था, यातायात, उद्योग कलकारखाना, बजार व्यवसाय चौपट भएको कारण सर्वसाधारणलाई होली पर्व र दैनिक जीवनयापनका सामान खरिद गर्न सीमावर्ती भारतीय बजार चहार्नुपरेको गौर नगरपालिका ८ का वीरेन्द्र कुशवाहाले बताए।

होली पर्वको एक साता अगाबै गाउँका युवाले रातको समयमा होलिया गीत गाउने चलनले पनि यसपटक निरन्तरता पाएन। मधेसका सहरमा हिजोआज आन्दोलनसँग सम्बन्धित भोजपुरी गीतमात्रै बजेको सुन्न पाइन्छ

उता पश्चिम नेपालमा गत फागुन-२६ कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चलाएको गोली लागेर  मृत्यु भएका गोविन्द गौतमको मृत्युले शोकमा डुबेको पश्चिम तराई क्षेत्र आज पनि शोक मै छ। भोली मनाउनुपर्ने होलीको कुनै रौनक पश्चिम तराईमा देखिदैन ।

सीमा रक्षाका लागि ज्यान दिएका गौतमको आइतबार सरकारी सम्मानका साथ अन्तेष्टि गरिने भएको छ। सहिद गोविन्दलाई राष्ट्रिय धुन बजाएर ११ प्रहरीको टुकडीले सलामी दिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए। गृह मन्त्रालयबाट आएको परिपत्रअनुसार रासरकारी धुन बजाएर ११ जना प्रहरीको टुकडीले सलामी दिने उनले बताए।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्