27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 01:37

TRENDING .

सेनाद्वारा माओवादीविरुद्ध उजुरी, बेपत्ता पारिएका आठ सैनिक खोजिदिन आग्रह

- Advertisement -

फागुन-२९,  सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको छ ।

आयोग स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट बेपत्ता पारिएका भनिएकाहरुमा मुसेपानी ७ डडेल्धुराका मानबहादुर साउद तथा पञ्चमूल स्याङजाका पदमप्रसाद तिवारी लगायतको अवस्था पत्ता लगाउन माग गर्दै नेपाली सेनाको मुख्यालयले पत्र पठाएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

यसैगरि खैराघाती महेन्द्रनगर कञ्चनपुरका जंगबहादुर चन्द, उर्लाबारी झापाका उदयकुमार श्रेष्ठ, बतासे ६ सिन्धुपाल्चोकका गेदबहादुर बस्नेत, बैतडीका प्रेमसिंह धामी, रोदीदेवल ६ बैतडीका देवबहादुर चन्द र त्रियुगा नगरपालिका १ उदयपुरका लीला श्रेष्ठलाई पनि खोजी गरिदिन माग गर्दै नेपाली सेनाबाट आयोगलाई लिखित रुपमा माग गरिएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्