27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 01:35

TRENDING .

एमालेको मेची महाकाली अभियानलाई नवलपरासीमा रोक्न मधेसी मोर्चाले गर्यो परासी बन्दको आव्हान

- Advertisement -

फागुन-२८, एमालेको मेची महाकाली अभियानलाई नवलपरासीमा मधेशी मोर्चाले बिरोध गर्ने भएको छ । आज कावासोतीमा सभा गरेको एमालेलाई भोलि परासी क्षेत्र प्रवेश हुने दिन बिभिन्न कार्यक्रम गर्दै मोर्चाले बिरोध जनाउने भएको हो । मोर्चाले आज साँझ बासा बसहिमा राके जुलुस निकालेर बिरोधको थालनी गरेको छ । भोलि भुमहिमा एमाले नेता केपी ओलीको सम्बोधनलाई सफल हुन नदिने मोर्चाले जनाएको छ । अभियानको बिरोधमा मोर्चाले भोली परासी क्षेत्र बन्द आव्हान गरेको छ भने बासामा बिरोध पर्दशन गर्ने जनाएको छ । मधेशी मोर्चाका जिल्ला संयोजक मिकुर्जी गिरीले एमालेको अभियानलाई भोलि परासी क्षेत्र प्रवेशमा रोक लगाईने बताए । उनले आफुहरुको बिरोध शान्तिपूर्ण हुने बताए । उता नवलपरासीका प्रहरी उपरिक्षक राजेन्द्र चौधरीले भरपर्दो सुरक्षा ब्यबस्था मिलाईएको र कुनै पनि अप्रिय घटना हुन नदिने जानकारी दिनुभयो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्