27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 10:50

TRENDING .

‘ सांसदको भत्ता खाने अनि तराईमा आएर ढुङगा मुढा गर्ने झुसे बारुलाहरुले तराईमा एमालेको लोकप्रियता देख्न सकेनन्: केपी ओली

- Advertisement -

फागुन-२८, कावासोती, खगराज सापकोटा । नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियानको ८ औ दिन प्रदेश नम्बर ४ को कावासोतीमा वृहत आमसभा सम्पन्न गरेको छ । आमसभामा उत्तर मुस्ताङ देखी दक्षिण त्रिवेणी सम्मका एमाले नेता कार्यकर्ताको सहभागिता थियो । आमसभा लाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनाव संग डराएर भाग्न खोजेका तत्वले आफ्नो मेची महाकाली अभियान लाई विथोल्न खाजेको आरोप लगाए । ‘ सांसदको भत्ता खाने अनि तराईमा आएर ढुङगा मुढा गर्ने झुसे बारुलाहरुले तराईमा एमालेको लोकप्रियता देख्न सकेनन् । ’अध्यक्ष ओलीले भने । तराईमा एमाले पस्यो अव हामी लाई सिध्याउछ भन्ने त्रासले आत्तिएका मानिसले अवरोध गर्न खाजेपनि एमाले निरन्तररुपमा जनतामा जाने बताए । पछिल्लो समय नेपालमा विभिन्न किसीमका द्धन्द्ध फैलाउन केही राजनितिक दल र समुह उद्धत भएको भन्दै लोकतन्त्र र राष्ट्रियताको विरुद्धमा हुने हरेक क्रियाकलाप नेकपा एमालेले डटेर सामना गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफ्नै मुलुक भित्र अराजकता देखाउने र भारतको हेपाहा प्रवृती प्रति एक शब्द बोल्न नसक्ने राष्ट्रघाती तत्वहरुका अगाडी एमालेले अघि सारेको राष्ट्रिय अभियानमा ठेस पुर्याउन लागिपरेका तत्वलाई जनताले आगामी चुनावमा आफै बढारेर फालिदीने ओलीले जिकीर गरे । भाषणका बिच बिचमा टुक्का मिलाउदै सहभागि लाई हसाउदै सम्बोधन गरेका नेता ओलीले काग्रेस लाई विग्रिएको ट्याक्टर र माओवादी लाई उठाउनै नसक्ने गरी थलीएको मानिसको संज्ञा दिए । सभा लाई सम्बोधन गर्दै बरिष्ठ नेता माधव कुमार नेपालले एमालेको लोकप्रियता संग डराएर चुनाव विथोल्न खोज्नेका अगाडी गाउं गाउंमा गएर जनताका दुःख र विकासका योजना बनाएर निर्वाचनमा होमीन आफ्ना कार्यकर्ता लाई निर्देशन दिएका थिए । सभालाई पार्टीका पुर्व अध्यक्ष झलनाथ खनाल ,उपाध्यक्ष बामदेव गौतम , महासचिव ईश्वर पोख्रेल , सचिव प्रदीप ज्ञवाली लगाएतका नेताले सम्बोधन गरेका थिए । अभियान लाई नवलपुरको गैडाकोटमा जिल्लाका एमाले नेता तथा कार्यकर्ताले पञ्चेबाजाले स्वागत गर्दै कावासोती पुर्याएका थिए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्