24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

बाल विवाह न्युनिकरणकका लागि बिभिन्न धर्मका धर्मगुरुहरु र सरोकारवालाहरुबाट सामुहिक प्रतिबद्धता

- Advertisement -Flowers in Chania
फागुन-२६, खगराज सापकोटा । बालबालिकाको जन्मदर्ता नियमितता र बाल विवाह न्युनिकरणकका लागि बिभिन्न धर्मका धर्मगुरुहरु र सरोकारवालाहरुबाट सामुहिक प्रतिबद्धता ब्यक्त गरेका छन् ।
आज देवचुली नगरपालिकाको आयोजनामा र नगर स्तरीय बाल सँरक्षण तथा सम्बद्र्धन समितिको सँयोजनमा र युनिसेफ नेपालको सहयोगमा सम्पन्न अन्तरक्रियामा उक्त कुरा बताएका हुन ।  बालबालिकाको जन्मदर्ता नियमितता र बाल विवाह न्युनिकरणका लागि बिभिन्न धर्मका धर्मगुरुहरु र सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासनलाई प्रबद्र्धन गर्नका लागि र बाल सँरक्षण सँग सम्बन्धित बिषयबस्तुको बारेमा जानकारी दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा देवचुली नगरपालिकाका ६० जना बिभिन्न धर्मका धर्मगुरुहरु, वडा नागरीक मञ्चका पदाधिकारीहरु , नगर स्तरीय बाल सँरक्षण तथा सम्बद्र्धन समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।20170309_130234
कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुषालले नेपालमा बाल विवाहको अबस्था , जन्मदर्ताको बर्तमान अबस्था , बाल विवाहको कानुनी अबस्थाको बारेमा सहजिकरण गर्नुभएको थियो । उहाँले बिभिन्न धर्ममा बाल विबाहलाई पश्रय नदिएको तर समाजमा ब्याप्त बाल विवाहले हाम्रो समाजको स्थीति राम्रो सँग देखाएको छ । यसको सही ब्यवस्थापन र न्युनिकरणको लागि हामी सबै सरोकारवालाहरुको सहभागिता रहनु पर्ने कुरामा जोड दिनुभएको थियो । त्यस्तै कार्यक्रममा युनिसेफ नेपालका शर्मिला पौडेल , देवचुली नगरपालिकाका सामाजिक तथा बाताबरण शाखा प्रमुख सँगिता पौडेल र देवचुली नगरपालिकाका बालमैत्री सहजकर्ता दिपक शर्माले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सभाध्यक्ष समेत रहनुभएका देवचुली नगरपालिकाका कार्यकारी अधिकृत एवम बालमैत्री स्थानीय शासन समितिका अध्यक्ष देबिलाल सापकोटाले देवचुली नगरपालिकाले बालमैत्री अबलम्बन गरेको र अब छिटै नै बालमैत्री घोषणाको लागि समेत कार्यालयको तर्फबाट सम्पुर्ण कार्यहरु सम्पन्न भैसकेको र अब छिटै नै बालमैत्री घोेषणा हुने कुरा समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सम्पुर्ण सहभागिहरु र उपस्थित महानुभावहरुले बाल बिवाह न्युनीकरण गर्नका लागि र जन्मदर्तालाई निरन्तरता दिनको लागि  सामुहीक रुपमा हस्ताक्षर समेत गरिएको थियो ।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्