फागुन-२६, रेडियो कावासोती १०२.६ मेगाहर्जले रंगहरुको पर्व होलीमा होली विशेष कार्यक्रम गर्ने भएको छ ।
रेडियो कावासोतीका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठका अनुसार होलीका दिन अर्थात फागुन ३० गते रेडियो कावासोती परिषरमा कुर्ची दौड प्रतियोगिता, चम्चा दौड प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिता हुने छ । प्रतियोगितामा विजेता हुने टोलीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । होली विशेष कार्यक्रममा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने जनाइएको छ ।
रंगहरुको पर्व होली नवलपरासीको पहाडी क्षेत्रमा फागुन २९ गते र भित्री मधेष र तराईका क्षेत्रमा फागुन ३० गते मनाइन्छ।