27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 08:46

TRENDING .

बन्दले पूर्वको जनजीवन ठप्प, कतै बन्द कतै चक्काजाम कतै झडप

- Advertisement -

फागुन-२६, विराटनगर-  सप्तरी घटनाको विरोधमा बुधबार दोस्रो दिन पनि मध्यपूर्वी तराई–मधेसका जिल्लाको जनजीवन ठप्प  भयो। मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्ला दुई दिनदेखि ठप्प छन्। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

 सप्तरी घटनापछि संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तराई–मधेस बन्दले विराटनगरको जनजीवन प्रभावित बनेको छ। यातायात, विद्यालय, कलकारखाना, व्यापार व्यवसाय  बुधबार पनि ठप्प भए।

बन्दक्रममा मोरङमा कुनै अप्रिय घटना नभए पनि बुधबार भने केही सिटी सफारीमा तोडफोड र आगजनी भएको छ। सिटी सफारी समेत सञ्चालन गर्न नदिने भन्दै मोर्चाका कार्यकर्ताले एउटामा आगजनी गरे भने एउटा तोडफोड गरे। मोर्चाले भने शान्तिपूर्ण आन्दोलन भएकाले तोडफोड र आगजनी गर्ने कुनै नीति नभएको जनाएको छ।

मोर्चाको शान्तिपूर्ण बन्द कार्यक्रममा घुसपैठ गरी सिटी सफारी जलाउने र तोडफोड गर्ने काम भएको संघीय समाजवादी फोरम नेपाल मोरङ अध्यक्ष राजकुमार यादवले बताए। मोरङ प्रहरीले भने बन्द शान्तिपूर्ण भएको दाबी गरेको छ।

राजमार्ग ठप्प

 इटहरी– दुई दिनअघि सप्तरीमा भएको घटनाको विरोधमा मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण दोस्रो दिन बुधबार पनि सुनसरीका विभिन्न राजमार्गमा सवारी साधन ठप्प भए।

 बन्दले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवादेखि कोसी ब्यारेजसम्म सवारी साधन बिहानैदेखि चलेनन्। यस्तै, इटहरीदेखि इनरुवा सडक खण्डमा पनि फाटफुट म्याजिक र टेम्पो मात्र सञ्चालन भए। सुनसरीकै दुहबीमा मोर्चाका कार्यकर्ताले अबरोध गरेपछि इटहरी–विराटनगर खण्डमा पनि सवारी साधन चलेनन्।  मोर्चाका कार्यकर्ताले इनरुवामा दिउँसो जुलुस प्रदर्शन गरे।

जनजीवन कष्टकर

 महोत्तरी– सप्तरी घटनाको विरोधमा मोर्चाले आह्वान गरेको बन्दका कारण बुधबार पनि महोत्तरीको जनजीवन कष्टकर बन्यो। बन्दका कारण प्रमुख व्यापारिक केन्द्र, शैक्षिक तथा वित्तीय संस्था, कलकारखाना तथा  लामो र छोटो दुरीका यातायात साधन ठप्प भए।

 यातायातका साधन नचल्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन्। बुधबार बिहानैदेखि जलेश्वरमा मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरे।

 बन्दमा अप्रिय घटना हुन नदिन सुरक्षा गस्ती बढाइएको महोत्तरीका डिएसपी दीपक पोखरेलले बताए ।

उदयपुरमा चक्काजाम

 उदयपुर– मोर्चाले गाईघाटमा पनि बुधबार २ घन्टा सडक जाम गर्‍यो। संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भाना पार्टी गजेन्द्रवादीका कार्यकर्ताले बिहान १० देखि १२ बजेसम्म चक्का जाम गरेका हुन्।

बन्दकर्ता–व्यवसायी झडप

वीरगन्ज–  तराई–मधेस बन्दको दोस्रो दिन बुधबार बन्द आह्वानकर्ता मोर्चाका कार्यकर्ता र तरकारी ब्यवसायीबीच वीरगन्जको मिनाबजारमा झडप भएको छ। बिहानैदेखि घन्टाघरचोकमा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ता करिब ११ बजे मिनाबजार क्षेत्रमा पसल बन्द गराउन  पसेपछि तरकारी व्यवसायीले प्र्रतिवाद गर्दा झडप भएको हो। ‘तरकारी बजारमा एकछिन तनाव भयो, केहीबेरपछि अवस्था समान्य बन्यो,’ पर्सा प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने, ‘कसैलाई चोट पटक लागेको वा कुटपिटको कुनै सूचना हामीकहाँ छैन।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्