27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:05

TRENDING .

नवलपरासीमा विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाईयो

- Advertisement -

नवलपरासी-२६, फाल्गुन, श्याम थापा ।यहाका विभिन्न संघसस्थाहरुको आयोजनामा १०७ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । सो अवसरमा नवलपरासी जिल्लाको विभिन्न गा बि स हरु जमुनिया,रुपौलिया,कुडिया,दाउन्नेदेबि,त्रिबेणी सुस्ता र  प्रतापपुर गरि ६ वटा गा बि स का गाउँ अधिकार मञ्च को आयोजनामा र ईन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका ९ पन्चनगरको सहयोगमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ । त्यस्तै रुपौलिया गा बि स मा महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम गरिएको छ भने जमुनिया गा बि स मा लेङ्गिक हिंसा विरुद्ध बारे छलफल गरिएको छ । त्यसैगरी कुडिया, त्रिबेणी सुस्ता,दाउन्नेदेबी र प्रतापपुर गरि यी ४ गा बि स मा महिला हिंसा विरुद्ध विभिन्न नाराहरु लगाई वडाहरु परिक्रमा गरि कोण सभा कार्यक्रम हरु गरि मनाएका छ्न । सो दिवसको अवसरमा ईन्द्रेणी सामाजिक बिकास मञ्च र गाउँ महिला अधिकार मञ्चले चलाएको संयुक्त लाल पुर्जा अभियान अन्तर्गत संयुक्त लाल पुर्जा बनाएका श्रीमान र श्रीमतिका जोडीहरुलाई दोसल्ला ओढाई र प्रमाण पत्रले सम्मान पनि गरिएको थियोे । सम्मान पाउनेहरुमा जमुनिया गा बि स का ६ जना,रुपौलिया गा बि स का ३ जना र दाउन्ने देबि गा बि स को १ जना गरि १० जनाको जोडीलाई सम्मान गरिएको ईन्द्रेणी  सामाजिक बिकास मञ्चका समाजिक परिचालक मन्जु कुमारी श्रेष्ठले बताउनु भयो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्