27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 02:43

TRENDING .

आफु असुरक्षित भएको भन्दै ओलीले मागे सुरक्षा

- Advertisement -

फागुन-२६, काठमाडौं- सप्तरी घटनापछि मेची–महाकाली अभियान स्थगन गरेर काठमाडौं आएका प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुरक्षा मागेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको द्विपक्षीय छलफलका क्रममा अध्यक्ष ओलीले फागुन २७ गतेदेखि पुनः  मेचीमहाकाली अभियान सुरु हुने लागेको जनाउँदै त्यसका लागि सुरक्षा माग गरेका हुन्।

प्रतिपक्षी दलका नेताले मागेको सुरक्षा व्यवस्था उपलब्ध गराउन सरकार तयार रहेको प्रधानमन्त्रीले बताएको जानकारी उनका प्रेससल्लाहाकार गोविन्द आचार्यले  दिए। ‘ओलीजीले सुरक्षा ब्यवस्था माग गर्नु भएको थियो,’ जवाफमा प्रधानमन्त्रीले निश्चिन्त हुन आग्रह गर्नुभएको छ’, आचार्यले नागरिकसँग भने। तर, प्रधानमन्त्री दाहालले मुलुकको नयाँ परिस्थितिलाई ख्याल गर्दै केही समय अभियान स्थगित गर्न ओलीसँग आग्रह गरेको जानकारी आचार्यले दिए।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको चुनाव स्थगन गरेर संविधान संशोधन प्रक्रियामा जानुपर्ने र सो नगरे ७ दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएकाले राजनीति जटिल मोडमा पुगेको दाहालले ओलीसमक्ष राखेका थिए।

प्रधानमन्त्री निर्वाचनमा दाहाललाई मत हालेको मोर्चाले ७ दिनभित्र आफ्ना माग पूरा नभए समर्थन फिर्ता लिने भन्दै लिखित ज्ञापनपत्र बुझाइसकेको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्