27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 03:39

TRENDING .

केपी ओलीको मानसिक उपचार आवश्यक छ, उनको मेची महाकाली अभियान मधेशी मार्ने षडयन्त्र : तमलोपा उपाध्यक्ष त्रिपाठी

- Advertisement -

फागुन-२५,परासी,  रबिन्द्र यादब । तमलोपाका बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीले, नेकपा एमालले थालेको मेची महाकाली जागरण अभियान मधेशी जनतालाई मार्ने एमालेको ठुलो षडयन्त्र रहेको आरोप लगाएका छन् । त्रिपाठीले भने, दमनले आक्रोस जन्मीन्छ, मधेशी जनतालाई नचलाउ नत्र तिमलाई लखेटन कुनै पनि कसर बाकी राख्दैन, शसस्त्र प्रहरीलाई संकेत गर्दै मधेश विरोधी एमाले मधेशको बाधक रहेको आरोप लगाए । एमाले अध्यक्ष केपी ओली रोगी छन् । सधै मधेशी नेता तथा जनतालाई जिस्काउछन् । उनको मानसीक उपचार गराउन आवश्यक रहेको बताए । मधेश विरोधी एमालले मधेशी जनतालाई जिस्काई प्रहरीको आडमा जनता मार्ने एमालेको ठुलो षडयन्त्र रहेको त्रिपाठीले आरोप लगाएका हुन् । उपाध्यक्ष त्रिपाठीले संविधान संसाधेन नभएसम्म मधेशमा कुनै प्रकारको चुनाव हुन नदिने भन्दै संविधान संशोधनको आडमा सरकारले चुनावको मिति घोष्णा गरि आफनो सत्ता लम्ब्याउन खोजेको आरोप लगाए ।

उपाध्यक्ष त्रिपाठीले मधेशी जनताको जायज माग संविधान संसोधन मार्फत सम्बोधन भएसम्म कुनै पनि चुनाव हुन नदिने बताए । गत सोमबार २३ गते सप्तरीमा भएका घटनाको विरोधमा नवलपरासीको सदरमुकमा परासीमा आयोजित शोकसभालाई सम्बोधन गर्दे उपाध्यक्ष त्रिपाठीले मधेश आन्दोलनमा मधेशी मार्न शसस्त्र प्रहरी नै अग्रसर देखिएको आरोप लगाएका छन् । मधेशको भुमीमा बसी शसस्त्र प्रहरीले नेताको ईशारामा मधेशी जनतालाई मार्ने षडयन्त्रण गरिरहेको आरोप लगाउदै पटक पटक प्रहरीद्धारा मधशी जनतामाथि दमन भैरहेको त्रिपाठीले बताए ।

त्यसैबिच त्यसैबिच मोर्चाका कार्यकर्ताहरुले जिल्लामा हिजो देखि परासी क्षेत्र बन्द गर्दै आज २ वटा गाडिमा तोडफोड गरेकाछन् । विहानदेखि परासी, मशेसपुर, बेलटारी लगायतका क्षेत्रमा बन्द गराउदै ना ६ ख ५८४ नम्बरको ट्रक र बा २ क ५४३३ नम्बरको टिप्परमा कार्यकर्ताहरुले ढुङ्गामुढा गरी तोडफोड गरेकोको मोर्चाले जनाएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्