24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

चुनाव नारोक्नुस घटनाको छानबिन होस : एमाले , मेची-महाकाली अभियान रोक्नुस चुनाव हुन्छ : प्रधानमन्त्री

- Advertisement -Flowers in Chania

फागुन-२५, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सप्तरी घटनाबारे छानबिन गर्न माग गरेको छ ।

विपक्षी दलको मेची-महाकाली अभियान विथोल्न विथोल्ने खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ३ जनाको मृत्यु भएपछि कार्यक्रम स्थगित गरेर काठमाडौं आएका एमाले शीर्ष नेताहरुले बुधबार कांग्रेस र माओवादीका शीर्ष नेताहरुलाई भेटेका हुन् ।

बालुवाटारमा बुधबार भएको भेटमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् ।

एमालेभन्दा केही अघि मात्र मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधन गर्न र चुनाव स्थगित गर्न माग गर्दै सातदिने अल्टिमेटम दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाले सातदिने अल्टिमेटम दिएर गएको एमाले नेताहरुलाई जानकारी दिए । साथै उनले सबै दलले छलफल गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

‘एमाले नेताहरुले चुनाव यताउता गर्न पाइँदैन भनेका छन्,’ भेटमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले पनि चुनाव हुन्छ भन्नु भएको छ ।’

प्रचण्डले एमालेलाई मेची-महाकाली महाभियानबारे पुनर्विचार गर्न सुझाव दिएका छन् । एमालेले गर्छौं भन्यो भने सरकारले सुरक्षा दिने भन्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरेर २/४ दिन रोक्न उपयुक्त हुने बताए ।

फागुन २१ गतेदेखि झापाबाट एमालेले मेची-महाकाली अभियान सुरु गरेको थियो । सप्तरी घटनापछि तीन दिन स्थगित भएको एमालेको मेची-महाकाली अभियान बिहीबारबाट हेटौंडादेखि पुनः सुरु हुँदैछ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्