24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

चार युवतीले गरे शिक्षकमाथि बलात्कार

- Advertisement -Flowers in Chania

जिम्बाबेमा चार ‘वीर्य लुटेरा’ युवतीहरुको समुहले एक शिक्षकलाई अपहरण गरी लागूपदार्थ खुवाएर जबरजस्ति सेक्स गरेका छन् । सेक्सपछि उनलाई झाडीमा फालेर केटीहरु हिँडेका थिए ।

नाम नखुलेका करिब २० वषिर्य शिक्षकले प्रहरीलाई बताए अनुसार उनलाई मिनिबसमा लिफ्ट दिएर अज्ञात स्थानमा लगिएको थियो । आफूपछि अर्को शिकारको खोजीमा उनीहरु गाडी लिएर हिँडेको उनको भनाई छ । गाडी भने पुरुष ड्राइभरले चलाएको उनले बताए ।

घटनाको अनुसन्धानमा संलग्न एक सूत्रले शिक्षकलाई उदृत गर्दै भन्यो, ‘ड्राइभरले एकाएक गाडी रोके र एउटी केटीले तुरुन्तै मेरो आँखा छोपिन् भने अरु तीन जनाले झ्यानाकुटी पार्दै गाडीमा हाले । त्यसपछि मलाई बोतलबाट तरल पदार्थ पिउन भनियो । त्यो पिएपछि म लठ्ठ परेर ढलेँ ।

‘मलाई लठ्याएर चार केटीहरुले पालैपालो सेक्स गरे र वीर्य निकालेर लगे,’ शिक्षकले बयानमा भनेका छन् ।

त्यसपछि उनी उठेर लुगा लगाए र त्यहाँबाट हिँडेर मेन रोडमा आए । अनि, लिफ्ट मागेर नजिकैको प्रहरी चौकीमा पुगे । त्यसपछि उनलाई स्ट लुकेस हस्पिटलमा पुर्‍याइएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले यसलाई निर्लज्ज उत्तेजात्मक आक्रमणका रुपमा लिएका छन् ।

यसअघि तथाकथित ‘वीर्य संकलक’ को समुहले २०११ मा ग्येरु र हरारेकोबीचको सडकमा एक मोटरचालकलाई बलत्कार गरेको समाचार आएको थियो । त्यस घटनामा संलग्न ती स्त्रीहरुलाई पक्राउ गरेको प्रहरीले उनीहरुबाट वीर्यले भरिएका ३१ वटा कन्डम जफत गरेको थियो । यसैगरी गत वर्ष बुलावायोमा तीन स्त्रीहरुले एक व्यक्तिलाई अपहरण गरी वीर्य निकालेर भागेका थिए । (एजेन्सी)

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्