27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 01:06

TRENDING .

सप्तरी गोलीकाण्ड : मलेठ गाउँ स्तब्ध, तीनैजना राजनीतिबाट अलग ब्यक्ति मारीए

- Advertisement -

फागुन-२५, सप्तरी घटनाका मृतक मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन । र, मृतकह तीनै जना राजनीतिबाट टाढा थिए ।

स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात भएको छ । ५० वर्षीय पीताम्बर मण्डल घरमा रंगरोगन गर्ने मजदुर थिए । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घरनजिकै रहेको सडकमा निस्केका मात्र थिए । अचानक गोली पेटमा लाग्यो र उनको मृत्यु भयो ।

पाँच वर्षमुनिका बालबालिकालाई पोलियो खोप पुर्या‍एर घर फर्कंदै गरेका सिनियर अहेब आनन्द साहले श्रीमतीलाई फोन गरेर आफु बाटोमै भएको जानकारी दिएका थिए । तर, उनी घर पुग्न पाएनन् । मोटरसाइकलमै गोली लागेर उनको निधन भयो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । उनीहरुको मृत्युले सप्तरीको मलेठ गाउँ स्तब्ध भएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्