27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:09

TRENDING .

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीले शोक सभा गर्यो

- Advertisement -

फागुन-२४, श्याम थापा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीको आयोजनामा शोक सभा कार्यक्रम आज जमुनिया गाबिस को गोपिगन्जमा भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीका जिल्ला सदस्य नरसिंह बाहादुर चौधरीको अध्यक्षतामा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम पुर्ब भौतिक योजना तथा यातायात ब्यवस्था हृदयेश त्रिपाठीको प्रमुख अतिथ्यतामा सो कार्यक्रम भएको हो । मधेसका मुद्दाहरुको माग र संविधान सन्सोधन नभएको बिरोध जनाउँदै गर्दा हिजो भएको सप्तरीको राजबिराजमा मधेसी मोर्चाका कार्यकर्ताहरु माथी गोली प्रहार भै ४ जनाको मृत्यु र १२ जना घाइते भएको घटनालाई घोर भर्सना गरि शोक सभा कार्यक्रम गरिएको तराई मधेस लोकतान्त्रिक पार्टीका क्षेत्रीय अध्यक्ष रामपृत यादवले बताउनु भयो । शोक सभामा बोल्दै त्रिपाठीले हाम्रो लडाइँ सम्प्रदायिक लडाइँ नभई राज्यको संरचना बनाउटसंग लडाइँ रहेको बताउनु र साथै एमालेको मेची देखि माहाकालीको अभियान रोकिएन भने पुनः टिकापुरको घटना दोहोरिने उहाले बताउनु भयो । शोक सभामा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुभान अलि अन्सारी,त म लो पा का केन्द्रिय सदस्य छबिलाल हरिजन,युवा फ्रन्टका केन्द्रिय सदस्य करम हुसेन अन्सारी, लख्खु यादव, हैदर अलि मोमिन र असरफ चुडीयार लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्