फागुन-२४, दुम्कौली, खगराज सापकोटा । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीको दुम्कौलिमा ‘शाश्वतधाम ’को उद्घाटन गर्नुभएको छ । १५ वर्ष लगाएर निमार्णगरीएको धामको उद्घाटनका लागि देश विदेशबाट विभिन्न धर्मका गुरु र विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । राष्ट्रपति भण्डारीले शिलालेख र धार्मीक पुस्तकालयको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सबै धर्मको रक्षाका लागि एक हुनुपर्ने र सनातन धर्मको महत्वका विषयमा सबैले बुझ्नुपर्ने बताउनुभयो । श्रीश्री रवि शंकरले मन्दिरको गजुरमा जल चढाएर मन्दिरको प्राणप्रतिष्ठा गर्नुभएको थियो । चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा श्रीलंका , भियतनाम , कम्बोडीया लगाएतका देशबाट धर्मगुरु र नेपालका तथा बिदेशी मन्त्रिहरुको समेत सहभागिता थियो । चौधरीले तन मन र धन मिलाएर आध्यात्म तर्फ लागेको बताउदै विशवभरका हिन्दु ग्रन्थहरुको स्रगालय बनाएर राखीएको बताउनुभयो । मंगलबार नै पुर्वराजा ज्ञानेन्द्र शाहले धाममा सम्पन्न धर्मसभामा सहभागि भए । सात विगाहा क्षेत्रफलमा फैलिएको मन्दिरमा गुरुकुल , योगा , धार्मीक संग्राहालय र डिजिटल धार्मीक पुस्तकालय र शाकाहारी भोजनालय सहितको मनमोहक एकम्बरेश्वर शिब मन्दिर रहेको छ ।
उद्घाटन समारोहमा राप्रपा अध्यक्ष कमल थापा, प्रधान सेनापति राजेन्द्र क्षेत्री, पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवाल, स्वामी कमल नयनाचार्य, स्वामी जयशंकर लगायतको उपस्थिति थियो। ७ बिघाहा क्षेत्रफलमा फैलिएको सो धामको १८ वर्षअघि स्वामी शंकराचार्यले शिलान्यास गरेका थिए। उद्घाटन समारोहमा बोल्दै चौधरी ग्रुपका सञ्चालक तथा शाश्वत धामका संस्थापक विनोद चौधरीले धार्मिक ज्ञान दिने साझा थलोका रुपमा धाम निर्माण गरिएको बताए। धाममा मुख्य पूजा भने पूर्वराजा ज्ञानेन्द्र शाहले गर्दैछन्। राष्ट्रपति र पूर्वराजा एउटै मञ्चमा उपस्थित हुने भनिए पनि राष्ट्रपति फर्किए लगत्तै पूर्वराजा कार्यक्रममा सहभागी भएका हुन्। उनले धर्मसभामा सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।