फागुन-२३, खगराज सापकोटा। नवलपरासीको दुम्कौलिमा ‘शाश्वतधाम ’को उद्घाटन तयारी पुरा भएको छ । धामको उद्घाटनका लागि भोली राष्ट्रपति विद्यादेबी भण्डारी आउनुहुने कार्यक्रम रहेको चौधरी फाउण्डेसनले जनाएको छ । पुर्वराजा ज्ञानेन्द्र शाहपनि धर्मसभाका लागि भोलीनै धाम आउने कार्यक्रम रहको छ । पुर्वराजा शाह र राष्ट्रपति भण्डारी एकै स्टेजमा भने देखीने छैनन् । राष्ट्रपतिले धामको उद्घाटन गरेपछि मात्र धर्मसभामा पुर्वराजा सहभागि हुने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह, श्रीश्रीश्री रविशंकर, शंकराचार्य जयेन्द्र सरस्वती एउटै मञ्चमा उपस्थित हुने भएका छन्। १५ वर्ष लगाएर चौधरी फाउण्डेसनले जिल्लाको दुम्कौलिमा ‘शाश्वतधाम ’ निमार्ण सम्पन्न गरेको छ । सात विगाहा क्षेत्रफलमा फैलिएको मन्दिरमा गुरुकुल , योगा , धार्मीक संग्राहालय र डिजिटल धार्मीक पुस्तकालय र शाकाहारी भोजनालय सहितको मनमोहक एकम्बरेशवर शिब मन्दिर रहेको छ ।