27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 11:43

TRENDING .

एमालेले फागुन २८ गते नवलपरासीको कावासोतीमा सभा गर्ने

- Advertisement -

फागुन-२३, खगराज सापकोटा । नेकपा एमालेले फागुन २८ गते नवलपरासीमा कावासोतीमा सभा गर्ने भएको छ । मेची–महाकाली अभियान अन्तर्गत एमाले जिल्ला कमिटी नवलपुरको आयोजनामा उक्त सभा गर्न लागिएको आज कावासोतीमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रिय सचिब पृथ्वी सुब्बा गुरुङले  तिनै तहको निर्वाचन सम्पन्न गर्न र एमाले मधेस विरोधि छैन भन्ने कुरालाइ प्रस्ट्याउन भन्दै मेची महाकाली अभियान सञ्चालन गर्न लागीएको नेता गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नवलपरासी जिल्ला इन्चार्ज तिलक महतले कावासोतीमा २८ गते हुने सभामा ५० हजार मानिस उतार्ने तयारीका साथ ४ नं. प्रदेशबाट ३९ बटा उप समिति र नवलपुर जिल्लाबाट ११ बटा उप समिति निर्माण गरीएको र अभियानलाई सफल बनाउन घर दैलो कार्यक्रम समेत सञ्चालन गरीएको महतले बताए । नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गतनै फागुन २८ गते कावासोतीमा विशाल सभा हुन लागेको हो । सभामा चार नम्बर प्रदेशका अन्य जिल्लाबाट नेता तथा कार्यकर्ता सहभागी हुनेछन् । सभापछि केन्द्रीय नेताहरु नवलपरासीमा बास बस्ने योजना छ । केन्द्रीय नेताहरुसहितको टोलीलाई फागुन २९ गते भुमही पुर्याएर बिदा गर्ने तयारी गरिएको नेता महतले बताए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्