27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 11:48

TRENDING .

चितवनमा सुन चोर पक्रन नसकेको भन्दै ब्याबसायी प्रशासनमा पुगे, प्रहरीले वास्ता नगरेको गुनासो

- Advertisement -

फागुन-२३, चितवन, नारायणगढ बजारको केन्द्रमा रहेको सुनचाँदी पसलबाट करिब चार किलो सुन, १० किलो चाँदी र सात लाख रुपैयाँ नगद हराएको एक महिना पुग्दा पनि प्रहरीले चोर समात्न सकेको छैन । चोर समात्न दबाब दिन चितवनका सुन चाँदी व्यवसायीले जिल्लाका प्रहरी प्रशासनसमक्ष मागपत्र बुझाउनुका साथै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा समेत गुहार लगाएका छन्।

माघ २० गते साँझ बन्द गरेको नारायणगढ सहिदचोकस्थित आधुनिक सुनचाँदी पसल २१ गते बिहान खोलेर हेर्दा झन्डै चार किलो सुन, १० किलो चाँदी र साढे सात लाख रुपैयाँ हराएको भेटिएको पसलधनीले बताएका छन् । घटना रहस्यमय भएको बताएर अनुसन्धान सुरु गरेको चितवन प्रहरीले चोर त समात्न सकेको छैन नै, घटनाबारे आफ्नो धारणा पनि सार्वजनिक गरेको छैन ।

सुन जोख्ने इलेक्ट्रिक तराजु पनि पसलबाट गायब छ। पसलमा १२ वटा सीसी क्यामेरा पनि छन् तर सीसी क्यामेराले खिचेको दृश्य रेकर्ड भएर बस्ने उपकरण डीबीआर बक्स पनि गायब छ । चोर भारत पुगेको अनुमान गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । चितवन प्रहरीले अनुसन्धान जारी रहेकाले तत्कालै सबै कुरा सार्वजनिक गर्न नमिल्ने बताउँदै आएको छ । ‘हराएको सुन, चाँदी र नगद फेला नपार्दासम्म अनुसन्धान चल्दै गरेको विषयमा यही नै भएको हो भनेर बोलिहाल्नुभएन । हामी यो घटनाको विषयमा तत्कालै नयाँ कुरा सार्वजनिक गर्दैछौं’, चितवन जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक दीपक श्रेष्ठले भने ।

उनले घटनाको अनुसन्धानका लागि प्रहरी भारतसमेत पुगेको जानकारी दिए । घटनाको विषयमा अनुसन्धान गर्न चितवन जिल्ला प्रहरी कार्यालयले उनैको नेतृत्वमा टोली गठन गरेको छ । सत्यतथ्य खोज्न १८ जना प्रहरीले काम गरी रहेको उनले बताए । यसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रतिनिधि पनि छन् ।

पसल सञ्चालक विकास बर्मा पनि भारततर्फ नै गएका कारण प्रहरीले चाँडै नै नयाँ तथ्य सार्वजनिक गर्ने व्यवसायी बताउँछन् । ‘आजआज भोलिभोलि भन्दाभन्दै महिना दिन बित्यो । अब केही हुन्छ कि भन्ने आशा पलाएको छ’, नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाका अध्यक्ष जीवनज्योति सदाशंकरले भने ।

सुनचाँदीको स्वरुप परिवर्तन गर्न सजिलो हुने भएका कारण चाडो पक्राउ नगरे हराएका समान फेला गर्न गाह्रो हुने शाखाका निवर्तमान अध्यक्ष विपिन सामुदामुले बताए । उनको नेतृत्वमा एक टोलीले आइतबार प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय पुगेर घटनाको छानबिन तदारुकताका साथ गर्न माग गरेको छ । चितवनका सुनचाँदी व्यवसायीले हैटौंडामा रहेको मध्यक्षेत्र प्रहरी कार्यालय पुगेर कार्यालयका प्रमुख डिआइजी पशुपति उपाध्यायलाई पनि यो विषयमा सहयोग गर्न अपिल गरेका थिए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्