27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:08

TRENDING .

भ्रमित नहुनुस त्यो झापाको भिड एमालेको जागरण अभियानको हैन ! ओलीकै जिल्लामा १० मध्ये ७ क्याम्पसमा नेविसंघ विजयी, २ मा अनेरास्ववियु

- Advertisement -

फागुन-२२, नेकपा एमालेको मेची-महाकाली जागरण अभियान झापाबाट शुरु भैरहेका बेला झापाकै अधिकांश क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थीमा खुसीयाली छाएको छ।

यतिबेला यस क्षेत्रमा सर्वसाधरणको भीड देखेर जो कोहि खुशी भएका छन भने उनीहरुको त्यो भ्रम हुन सक्छ। झापाका अधिकांश क्याम्पसमा हालै सम्पन्न स्ववियुको निर्वाचनमा एमाले निकट अखिललाई नराम्ररी धक्का दिँदै कांग्रेस निकट नेविसंघको वर्चश्व रह्यो। यसैको फलस्वरूप जिल्लाका क्याम्पस र शहर बजारमा विजयउत्सव र विजयी सभा भइरहेका छन्।

झापाका १० क्याम्पसमा भएको स्ववियु निर्वाचनको मत परिणाम मध्ये ७ वटा क्याम्पसमा नेविसंघले जितेको छ। केपी ओलीकै गुहनगर दमक बहुमुखी क्याम्पसमासमेत नेविसंघले सहजै जित हात पारेको नेपाल विद्यार्थी संघका सचिव मनोज कार्कीले बताए।

नेविसंघले जितेका मध्ये अधिकांश क्याम्पसमा प्यानलै हात पारेको छ। काँकडभिट्टा बहुमुखी क्याम्पस काकडभिट्टा सुरज सुवेदी सभापति रहेको प्यानल, दुर्गा क्याम्पस गरामनीमा विनोद उप्रेती सभापति रहेको प्यानल, कन्काई क्याम्पस विर्तामोडमा संजय राई सभापति रहेको प्यानल, मेची क्याम्पस भद्रपुरमा भुवन बुढाथोकी सभापति सहित प्यानल र शनिअर्जन क्याम्पस शनिअर्जुनमा ईसान पौडेल सभापति सहितको प्यानल नै सर्वसम्मत भएको कार्कीले जानकारी दिए। यस्तै दमक बहुमुखी क्याम्पस दमकमा विनोद चापागाई सभापति सहित २ जना, गौरीगञ्ज बहुमुखी क्याम्पस गौरिगञ्जमा देवनारायण ताजपुरीया सभापतिसहित ७ जना विजयी भएका छन्।

यता जिल्लाका गौरादह बहुमुखी क्याम्पस गौरादह र त्रिदेव क्याम्पस चारआलिमा अखिलको प्यानलले जित हात पारेको छ। यस्तै माओवादी निकट अखिल क्रान्तिकारीले देवी क्याम्पस विर्तामोडमा स्ववियु चुनाव जितेको छ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्