27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 05:51

TRENDING .

सुख्खा पहिरोले बाग्लुङको दरमखोला थुनियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

- Advertisement -

फागुन-२२, बाग्लुङको रिघा-७ मनेवामा सुख्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । साथै मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ ।

जलविद्युत आयोजनाका लागि बाटो खन्ने क्रममा डिस्को नै खसेर नदी थुनिएको हो । झण्डै चार घण्टासम्म खेला थुपिएपछि ठूलो ताल बनेको छ ।

अहिले भने त्यसमाथिबाट विस्तारै पानी बग्न थालेको खबर आएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले बताए । उनले भने, ‘माथिबाट पानी फ्लो भएर जान थालेको छ । अहिले खासै खतरा छैन ।’

सुख्खा पहिरोले मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ । यो बनाउन भने केही समय लाग्नेछ । पहिलोसँगै खसेको माटो हटाउँदा पुनः खोलामा नै जाने भएकाले बाटो खुलाउन समय लाग्ने प्रजिअ पाण्डेयले बताए ।

करिव २०० मिटर माथिबाट खसेको पहिरोका कारण स्थानीय मनकुमारी शाहीको परिवार विस्थापित भएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्