27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 03:26

TRENDING .

स्थानीय चुनावमा ७५ हजार म्यादी प्रहरी खटाइने, भूतपूर्व सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता

- Advertisement -

फागुन-२२, सरकारले आगामी निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिले चुनावमा करिब २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गनर्ेे निर्णय गरेको छ । जसमध्ये ७५ हजार म्यादी प्रहरी भर्नाका लागि गृह मन्त्रालयको तयारी छ र, सम्भवत आइतबार मन्त्रिपरिषदमा प्रस्ताव जानेछ । करिब २२ हजार मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्र सुरक्षा दिन नसक्ने भएपछि गृह मन्त्रालयले म्यादी प्रहरीको प्रस्ताव गरेको हो ।

२०७० को स्थानीय चुनावमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीमा दलका कार्यकर्ता भर्ती हुने र तिनीहरुले निष्पक्ष निर्वाचनमा असर पार्ने गरेको आलोचना हुने गरेको छ । तर, उपलब्ध सुरक्षाकर्मीहरु मात्र अपर्याप्त हुने भएकाले म्यादी प्रहरी भर्ना गर्नुपर्ने गृहको प्रस्ताव छ ।

गृह मन्त्रालयले म्यादी प्रहरी भर्नामा पूर्व प्रहरी र सैनिकलाई प्राथमिकता दिइने बताएको छ । पूर्व सुरक्षाकर्मीहरुलाई म्यादी प्रहरीमा समेट्न सक्दा कम तालिमबाट उनीहरुलाई परिचालन गर्न सकिने र उनीहरुले सहज रुपमा सुरक्षा जोखिम अनुमान गर्न सक्ने गृह मन्त्रालयको बुझाइ छ ।

निर्वाचन आयोगले पनि सकेसम्म म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीहरुलाई प्राथमिकता दिन सुझाव दिएको आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । यसअघिका निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरिसकेकालाई पनि प्राथमिकता दिइने भएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्