27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 12:31

TRENDING .

एमालेको कार्यक्रमस्थल फेरियो, सुरक्षा सतर्कता बढाइयो लाठी, जुलुस निकाल्ने मोर्चाको तयारी

- Advertisement -

फागुन-२२, सप्तरी । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई रोक्नका लागि मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लाका विभिन् स्थानमा लाठी जुलुस प्रदर्शन गर्ने घोषणा गरेको छ । सम्भावित मुठभेडलाई मध्यनजर गर्दै एमालेले राजविराजको कार्यक्रमस्थल हेरफेर गरेको छ ।

मधेसी मोर्चाले दिएको जानकारीअनुसार सोमबार एमालेले सप्तरीमा गर्न लागेको सभालाई ध्यान दिँदै जिल्लाका विभिन्न स्थानमा लाठी जुलुसको आयोजना गरिएको छ । सुनसरीबाट सप्तरी जिल्लामा प्रवेश गर्ने सीमास्थलमा रहेको भारदहमा सोमबार बिहानै लाठी जुलुस प्रदर्शन गरिने मोर्चाले जनाएको छ । त्यस्तै रुपनीमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ ।

त्यसैगरी पूर्व-पश्चिम राजमार्गबाट राजविराजतर्फ मोडिने हनुमाननगरमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ । एमालेले दिउँसो राजविरोधमा आयोजना गरेको जनसभालाई लक्षित गर्दै राजविराजमा समेत लाठी जुलुस निकालिने मोर्चाले जनाएको छ । राजविराजको सभा सकेर एमाले नेताहरुको टोली सप्तरीको कञ्चनपुरमा बास बस्ने कार्यक्रम रहेको एमाले नेता गोविन्द न्यौपानेले बताएका छन् ।

मोर्चाले कञ्चनपुरमा समेत लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ । राजविराज लगायतका विभिन्न सहरमा विरोध प्रर्दशनका लागि मोर्चाले गाउँ-गाउँबाट कार्यकर्ताहरु ओसारिरहेको छ । एमालेको जनसभा हुने अघिल्लो दिन राजविराजमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन् ।

यसैवीच नेकपा एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा सारिएको छ । एमाले नेता गोविन्द न्यौपानेका अनुसार रंगशालाको कार्यक्रम सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको छ ।

तर, औद्योगिक क्षेत्रमा एमालेको सभा हुने थाहा पाएपछि मोर्चाका कार्यकर्ताले त्यहाँ पुगेर मधेस आन्दोलनका सहीदहरुको पोष्टर टाँसेका छन् । आइतबार औद्योगिक क्षेत्र आसपास मोर्चाका कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिनुका साथै एमालेको विरोधमा छिटफुट प्रदर्शनहरु भइरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिएको छ ।

एमालेले सभा आयोजना गर्न लागेको औद्योगिक क्षेत्रमा तालाबन्दी गरिने मोर्चाका कार्यकर्ताले बताएका छन् ।
एमालेको जनसभालाई लक्षित गरी मोर्चाले सोमबार जिल्लामा चक्काजामको घोषणा गरेको छ ।

एमालेले गर्न लागेको कार्यक्रममा मोर्चाले अवरोध गर्ने घोषणा गरेपछि जिल्लावासीहरुमा मुठभेडको आशंकाले त्रास बढेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरीका दुबै डीआइजीहरु जिल्लामा आएर यहाँका स्थिति बुझेर फर्किएका छन् । उनीहरुले मोर्चा र एमालेका नेताहरुसँग छुट्टा छ्ट्टै छलफल गरेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्