27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 11:51

TRENDING .

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, एक पक्राउ, अपहरण मुक्त्त गर्न खोज्दा यस्तो

- Advertisement -

फागुन-२१, काठमाडौं- अपहरणमा परेका तीन व्यक्तिलाई उद्धार गर्ने क्रममा स्वयम्भू भगवान पाउमा गोली चलेको छ। प्रहरीले दुई दिन अघि बौद्धबाट अपहरणमा परेका तीन जनालाई उद्धार गर्ने क्रममा गोली चलेको जनाएको छ। प्रहरीलाई ताकेर पेस्तोल देखाए पछि प्रहरीले गोली चलाएको थियो।

प्रहरीको गोली लागेर दुर्गा तामाङ घाइते भएका छन् भने वीर बहादुर तामाङ पक्राउ परेका छन्। घाइते तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ।

अपहरणमा परेका तीन जना व्यक्तिलाई उद्धार गर्ने क्रममा गोली चलेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए। अपहरणमा पेका तीनै जनाको उद्धार गरिएको उनले जनाए। उनका अनुसार घटनास्थलबाट एक थान रिभल्वर बरामद गरिएको छ।

दुई दिन अघि मनदोर्चे तामाङ, विशाल तामाङ र नाङदुङ तामाङ बौद्धबाट अपहरणमा परेका थिए। अपहरण गरेर उनीहरुलाई राखिएको स्थानमा घेरा हालेर अपहरण मुक्त गराउन खोज्दा अपहरणकारीले प्रहरी माथि आक्रमण प्रयास गरेका थिए।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्