फागुन-२१, चितवन, चितवन लागूपदार्थ ओसारपसारको ‘ट्रन्जिट प्वाइन्ट’ बन्दै गएको छ। चितवनको बाटो हुँदै देशका विभिन्न जिल्ला र विदेशमा समेत लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७३र०७४ को तथ्यांकमा उल्लेख भएका लागूऔषध सम्बन्धी मुद्दाहरुबाट ठूलो परिमाणको लागूऔषध बरामद हुनुले चितवन लागूऔषधको ‘ट्रन्जिट प्वाइन्ट’ बनेको प्रष्टिन्छ। देशका सबै भूगोलमा सहज रुपमा आवागमन गर्न सकिने भएकोले चितवनलाई हुँदै लागूऔषधको कारोबार हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। चालू आर्थिक वर्षको माघ महिनासम्ममा चितवनमा करिब तीन सय ४९ किलो चरेस बरामद भएको छ। चितवन हुँदै मकवानपुर लैजाने क्रममा प्रहरीले देशमा हालसम्मकै सबैभन्दा बढी परिमाणमा चरेस बरामद गरेको हो।
त्यसैगरी २६ किलो गाँजा,१४ लिटर कोरेक्स बरामद गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। चालू आर्थिक वर्षको सात महिनाको अवधिमा प्रहरीले डाइजापाम नौ सय ६० एम्पुल, ब्रुफिर्नो फिर्न नौ सय ४८ एम्पुल, फेनारगन नौ सय ३८ एम्पुल, खैरो हिरोइन १७ ग्राम, नाइट्राजेपाम दुई सय ४६ ट्याब्लेट, स्पास्मो प्रोक्यभोन ३२ क्याप्सुलजस्ता लागूऔषधहरु बरामद गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। लागूऔषधसँगै कारोबारमा संलग्न विभिन्न व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरी मुद्दा चलाएको श्रेष्ठले बताए।
चितवन लागूपदार्थ ओसारपसारको ‘ट्रन्जिट प्वाइन्ट’ बन्दै गएको छ। चितवनको बाटो हुँदै देशका विभिन्न जिल्ला र विदेशमा समेत लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७३र०७४ को तथ्यांकमा उल्लेख भएका लागूऔषध सम्बन्धी मुद्दाहरुबाट ठूलो परिमाणको लागूऔषध बरामद हुनुले चितवन लागूऔषधको ‘ट्रन्जिट प्वाइन्ट’ बनेको प्रष्टिन्छ। देशका सबै भूगोलमा सहज रुपमा आवागमन गर्न सकिने भएकोले चितवनलाई हुँदै लागूऔषधको कारोबार हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। चालू आर्थिक वर्षको माघ महिनासम्ममा चितवनमा करिब तीन सय ४९ किलो चरेस बरामद भएको छ। चितवन हुँदै मकवानपुर लैजाने क्रममा प्रहरीले देशमा हालसम्मकै सबैभन्दा बढी परिमाणमा चरेस बरामद गरेको हो।