27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:17

TRENDING .

निर्वाचन आयोगले मन्त्रीहरुलाई भन्यो- आचारसहिता लागु भो सदरमुकाम जानुस् तर, गाउँ नपस्नुस्

- Advertisement -

फागुन-१८ , काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइपूर्वक पालना गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । आयोगले बुधबार सबै मन्त्रीलाई बोलाएर उदघाटन, शिल्यान्यास तथा कुनै पनि उम्मेदवारको प्रचार प्रसार कार्यक्रममा सहभागी नहुन भनेको छ । अति आवश्यक कार्यक्रमहरुमा मात्र आयोगको सहमति लिएर जान मन्त्रीहरुलाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, ‘आदरणीय मन्त्री ज्यूहरु जिल्लाको सदरमुकामसम्म ल्याण्ड गर्नुस् । सदरमुकाम बाहिर धेरै नगरपालिका, गाउँपालिका छन्, त्यसमा जान पाउनु हुन्न ।’ वैशाख ३१ को स्थानीय चुनावलाई लक्षित गरेर आयोगले बुधबारदेखि आचारसंहिता लागू गरेको छ ।

आयोगले पुनर्निर्माणको कामलाई प्रभावित नगर्ने बताए । तर, पुनर्निर्माणका नाममा कुनै पार्टी विशेषको र राजनीतिक उद्देश्यले मन्त्रीहरु जान नपनाइने प्रमुख आयुक्त यादवले बताए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्