27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:53

TRENDING .

अब चितवनलाई पर्यटनसंगै एग्रोग्राम बनाउन चिनिया टोलीको अध्ययन सुरुगर्दै

- Advertisement -
फागुन-१८, चितवन । चितवनमा पर्यटनसँगै एग्रोग्राम बनाउन सकिने सम्भावनाको विषयमा चिनिया टोलीले अध्ययन गरेका छन् । ओविओआर चाइना इन्टरनेशनल इन्भेष्टमेन्ट फोरमसँग आवद्ध टोलीले मंगलबार चितवनको मेघौली र जगतपुरमा अध्ययन गरेका हुन् । चितवनमा पर्यटनसँगै कृषिग्रामको रुपमा विकास गर्न सकिने सम्भावनाका बारेमा अध्ययनका लागि उनीहरु चितवन आईपुगेका थिए । कृषिग्रामका लागि उपयुक्त स्थानको खोजी सँगै सो क्षेत्रमा गर्न सकिने अन्य विकासको बारेमा अध्ययन गर्न लागि टोली पश्चिम चितवनको मेघौली र जगतपुर पुगेका थिए । अध्ययन अवलोकन पछि भरतपुरमा आयोजना गरिएको चितवनका उद्योगी तथा व्यवसायीहरु सँगको बैठकमा उनीहरुले आफुहरु चितवनमा लगानी गर्न उत्साहीत रहेको प्रतिकृया दिएका थिए । (ओविओआर) चाइना इन्टरनेशनल इन्भेष्टमेन्ट फोरमकी संस्थापक मिस सुयाले चितवनको उत्पादन र यहाँको सम्भावनलाई चाइनाले महत्पूर्ण स्थान दिने बताए । “यहाँको पर्यटकीय क्षेत्र सँगै कृषिको प्रचुर सम्भावनालाई आफुहरुले गहन अध्ययन गरेर चितवनमा एग्रो ग्राम बनाउने विषयमा छलफल गरिरहेका छौँ”, उनले भने । बैठकमा ओविओआर नेपाल इन्टरनेशनल इन्भेष्टमेन्ट नेपालका अध्यक्ष भाष्करराज राजकर्डिकारले नेपालको सामाजिक, आर्थिक विकासका लागि यो राम्रो प्लेट फार्म बन्न सक्ने बताए । ओविओआर इन्टरनेशनलले नेपालमा राम्रो लगानी गर्न थालेको उनले बताए । उनका अनुसार नेपालको काठमाण्डौं, पोखरा, चितवन र लुम्बिनीमा पर्यटकीय ग्राम बनाउने विषयमा छलफल भइरहेको छ । यस्तै जाजरकोटको चेराखाला र भेरी खेलामा हाइड्रो पावर संचालनको तयारीमा छ ।
१ सय ४८ मेघावाट विद्युत उत्पादनका लागि ओविओआरले आवश्यक प्राविधिक अध्ययन पुरा गरिसकेको अध्यक्ष राजकर्डिकारले जानकारी दिए । झापाको दमक, र हेठौडामा समेत विकासका परियोजना संचालनको विषयमा अध्ययन भइरहेको छ । चिनिया राष्ट्रपति सिजिड्ड पिङको अवधारणा अनुसार ७० वटा राष्ट्रहरुहरुमा व्यापार व्यवसाय गर्न सहज पुग्ने उद्देश्यले ओविओआर स्थापना गरिएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणपछि यो परियोजनाले नेपालमा तीव्र्रता लिएका ओविओआर नेपालका अध्यक्ष भाष्करराज राज कडिंकारले जानकारी दिए । बैठकमा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले चिनिया टोलीलाई स्वागत गरेका थिए । उनले चितवनको समग्र भौगोलिक अवस्था र यहाँको कृषि र पर्यटकनको वर्तमान अवस्था सँगै सम्भावनाको बारेमा जानकारी गराए । ४१ जना सदस्य रहेको टोली लुम्बिनीको अध्ययन भ्रमण पछि चितवन आएका हुन् । टोली नेपाल सरकारकै निम्तोमा अध्ययनका लागि नेपाल आएका हुन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्