27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवालापरासीको कावासोतीमा सडक नाटक प्रस्तुत गर्दै नाट्यशाला सम्पन्न

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१७,कावासोती, नवालापरासीको कावासोतीमा ३ दिने नाटयशाला सम्पन्न भएको छ । प्रहरी र स्थानियबीच सम्बन्ध सुधार गर्ने उद्देश्यले नवलपरासीको कावासोतीमा  गत फागुन १५ गतेबाट  सुरु भएको तीन दिने नाट्यशाला अन्तर्गत तालिममा सहभागी भएका दुईवटा  समुहले समाजमा हुने विकृति विसंगतिलाइृ उठान् गर्दे कावासोती फलफूल चोकमा नाटक मञ्चन गरेका छन् । कुसुम नाट्य समुहका कलाकार एवं प्रशिक्षक खगराज सापकोटा र पुरुषोत्तम ज्ञवालीले नाटकको सहजीकरण गर्नुभएको थियो ।  युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड तथा नेपाल प्रहरीसंगको साझेदारीमा हिमालयन सामुदायिक विकास मञ्चद्वारा आयोजित पहुच परियोजना अन्तर्गत  नाट्यशाला भएको हो । आज प्रस्तुत नाटकमा प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र आपसी जवाफदेहिता  लगायतका दुष्य हरु राखिएको छ ।  ३० जना समुदायका नागरीक र १० प्रहरीलाई सहभागी गराई विभिन्न अनुभवमा आधारित सिकाईका नयाँ तरिकाहरु जस्तै समुह कार्य, प्रभावकारी समन्वय, प्रभावकारी संचार, संवेदनशील वर्गको सहभागीताको महत्व, समस्या पहिचान तथा समाधानका विभिन्न उपायका वारेमा खेलविधिको प्रयोग समेत गरीएको छ । सडक नाटकमा  शान्ति, द्वन्द्व, हिंसा, नेपाल प्रहरीको काम कर्तव्य र अधिकार तथा समुदायको दायित्व लगाएतका बिषयहरुलाई चित्रणा गरएको छ ।
नाटकको  मदतले प्रहरी र समुदायले एक अर्काका कार्य र अप्ठ्याराहरु बुझी सहकार्य गर्ने वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । पाँच वटा गाविसको क्लस्टरमा आधारित भएर कार्यक्रममा स्थानिय महिला निगरानी समुह, महिला स्वयंसेविका, सामुदायिक मेलमिलाप समिति, युवा क्लव, नाटक समुह, नागरिक वडा मञ्च, विद्यालय व्यवस्थापन समिति, दलित समुह र संस्थाहरुबाट सहभागीहरुले प्रतिनिधित्व गरिरहेका छन् । त्यसैगरि कार्यक्रममा सहभागी प्रहरीहरुले क्लस्टर अन्तर्गतका नेपाल प्रहरीका स्थानिय कार्यालयहरुलाई प्रतिनिधित्व गरिरहेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!