27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

बिबिसीबाट राजीनामा दुएका मिश्रले पार्टी खोलेर राजनीति गर्दै को-को छन् उनको टिममा हेर्नुहोस…

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१७, बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पूर्णकालीन राजनीति गर्न बिबिसी छोडेका छन्। उनले केही समयअघि नै दिएको राजीनामा आजदेखि लागू हुँदैछ। राजनीतिमा आउनेबारे उनले आजै घोषणा गर्दैछन्। बिबिसीमा कार्यरत पत्रकारहरूका अनुसार आज बिबिसीमा मिश्रको अन्तिम दिन हो।

मिश्रले केही समय अघिदेखि नै राजनीतिमा आउने कसरत गर्दै आएका थिए। लामो समयदेखि विभिन्न पार्टीका युवा नेताहरू, पूर्वप्रसाशक, स्वतन्त्र बुद्धिजीवीसँग उनले नयाँ पार्टी खोल्नुपर्ने आवश्यकता बारे छलफल गर्दै आएका थिए।

मिश्रले नयाँ पार्टी खोल्न युवा नेताहरू गगन थापा, रवीन्द्र अधिकारी, घनश्याम भुसाल लगायतलाई मनाउन धेरै लामो समयसम्म प्रयास गरे। तर, उनीहरू आफ्नै पार्टीमा बसे। पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग पनि उनले सँगै मिलेर पार्टी खोल्न लामो समयसम्म छलफल चलाएका थिए। पौडेल अहिले चीनका लागि नेपालको राजदूत छन्।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मिश्रलाई आफ्नो पार्टीमा ल्याउन धेरै प्रयत्न गरे पनि उनले नयाँ पार्टीका लागि नयाँ अनुहार चाहिने भन्दै भट्टराईको पार्टीमा जान अस्वीकार गरेका थिए।

अहिले मिश्रसँग टिममा को को छन् भन्ने एकिन छैन। तर लेखक तथा यातायात अर्थशास्त्री सूर्यराज आचार्य, डा.सरोज धिताल, पूर्वमाओवादी नेता मुमाराम खनाललगायतको टिमले प्रारम्भिक तयारी गरिरहेको मिश्र निकटका मानिसहरू बताउँछन्।

डोटीको सिलगढीस्थित पद्मोदय माविमा ५ देखि ७ र दार्चुलाको खलंगास्थित महेन्द्र माविबाट ८ देखि १० कक्षासम्मको शिक्षा हासिल गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन् । पाकिस्तानको पञ्जाव विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने क्रममा द न्युज इन्टरनेसनल अंग्रेजी दैनिकमा उनले साढे दुई वर्ष काम गरेको अनुभव बटुलेका छन् ।

त्यही क्रममा सन् १९९३ मा पाकिस्तानमा चुनाव भएका बेला बिबिसीलाई चुनावी रिपोर्टिङ गर्ने मौका पाएका रवीन्द्रले पछि बिबिसीमै काम गर्ने अवसर पाए। मिश्रले बेलायतको लन्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर हासिल गरेका छन्।

पत्रकार रवीन्द्र मिश्रले बिबिसी नेपाली सेवाबाट राजीनामा दिएसँगै नयाँ दल खोल्ने घोषणा गरेका छन्। उनले धेरैजसो गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूलाई आफ्नो समूहमा लिएका छन्। तर,पहिले माओवादीसँग नजिक भएका र बाबुराम भट्टराईको नयाँ शक्तिमा पनि काम गरेका मुमाराम खनाल भने मिश्रको साथमा हुनेछन्।

यसबाहेक पूर्वसचिव किशोर थापा, पत्रकार अजयभद्र खनाल, चिकित्सक सरोज धिताल, इन्जिनियर सुर्यराज आचार्य, अधिवक्ताहरू ओमप्रकाश अर्याल र निरूपमा यादव नयाँ पार्टीमा हुनेछन्।

किशोर थापा निजामति सेवामा लामो समयको अनुभव भएका व्यक्ति हुन्। उनले सहरी विकास मन्त्रालयको सचिवबाट अवकास पाएका थिए। यसपछि पुनर्निर्माण प्राधिकरणमा पनि विज्ञको रूपमा काम गरेका थिए। उनी अहिले बाग्मति सरसफाइ महाअभियानमा सक्रिय छन्।

डा.सरोज धिताल काठमाडौं मोडल अस्पतालमा कार्यरत छन्। उनी २०४६ साल ताका तत्कालीन नेकपा(माले)मा आबद्ध भएर भूमिगत जीवन बिताएका थिए।

त्यसपछि राजनीति छोडी पुर्णकालिन जागिरमा लागेका थिए। उनले चीनको सांघाइ मेडिकल विश्वविद्यालयमा अध्ययन गरेका हुन्। धिताल लेखक पनि हुन्। उनले लामो समय व्यवसायिक जीवन बिताइसकेकाले अब राजनीतिमा प्रवेश गर्नु स्वभाविक भएको बताए।

‘म रवीन्द्रजीको टिममा छु,’ उनले भने,’र म त्यहाँ हुनु एकदमै स्वभाविक छ।’

अधिवक्ता ओमप्रकाश अर्यालले पनि मिश्रको नयाँ पार्टीको टिममा आफू आबद्ध रहेको बताए।

‘म उहाँसँग सरसल्लाहमै छु,’ अधिवक्ता यादवले भने, ‘अबको राजनीतिमा म उहाँसँग हुनेछु।’

अजयभद्र खनालले ‘द हिमालयन टाइम्स’को सम्पादक भएर केही वर्ष काम गरेपछि पत्रकारिता छोडेका हुन्।

यसबाहेक मिश्रको पार्टीमा नेपाल क्रिकेट संघ क्यानकी पूर्वसिइओ भावना घिमिरेको नाम पनि चर्चामा छ।

तर, घिमिरेले अहिले नै आफू पार्टीमा लागि नसकेको बताइन्।

‘अहिले मेरा अरू केही कामहरू छन्,’ उनले भनिन्, ‘तत्काल राजनीतिमा लाग्ने वा नलाग्ने भन्ने निर्णय गर्ने समय नै छैन। मैले कुनै निर्णय लिएको छैन।’

मिश्रसँग केही पटक कुराकानी भएको भने उनले स्वीकार गरिन्। ‘उहाँहरूसँग कुराकानी भएको छ’घिमिरेले भनिन्,’उहाँहरूले जसरी राजनीति गर्ने भन्नु भएको छ, त्यसमा मेरो समर्थन हुनेछ।’

क्यानबाट राजीनामा दिएपछि उनी अहिले बसन्त चौधरी फाउण्डेसनले खोलेको ‘ब्याट एण्ड बल’फाउण्डेसनको सिइओका रूपमा कार्यरत छिन्। यसको अध्यक्ष उद्योगपति चौधरीका ज्वाईं पारस शाक्य छन्।

उनलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि)ले नेपाल प्रतिनिधिसमेत तोकेको छ।

आइसिसिसँगको आबद्धताकै कारण उनले नयाँ पार्टीमा तत्काल खुलेर आउन नसकेको मिश्र निकट स्रोतले जानकारी दिएको छ।

पार्टी गठनमा ढिलाई भएकाल आगामी बैशाख ३१ मा हुने स्थानीय निकाय निर्वाचनमा नयाँ पार्टीले भाग लिने छैन। तर, सम्भव भएका ठाउँमा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेद्वार उठाउने भने तयारी भएको छ। यसपछि हुने सबै निर्वाचनमा भाग लिने तयारी छ।

संयोजक मिश्र पार्टी गठनका लागि केही दिन भित्रमै देश दौडाहामा निस्कने तयारीमा छन्। यसबीचमा कम्तिमा सात प्रदेशका प्रदेश कमिटी गठन गर्ने र दुई साता भित्रमा पार्टीको ‘टिम’सार्वजनिक गर्ने उनको तयारी छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!