27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

स्ववियु निर्वाचनमा जताततै झमेला नवलपरासीमा ४ वटा क्याम्पसमा ताला र कालो झण्डा

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१४, कावासोती,खगराज सापकोटा । कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यक्रम स्थगित गर्न माग गर्दै तालाबन्दी भएको छ । निर्वाचनको तयारीमा जुटिरहेको बेला फर्जी विद्यार्थी भर्ना गरिएको र केही विद्यार्थीलाई मताधिकारबाट बञ्चित गरिएको भन्दै विभिन्न ५ विद्यार्थी संगठनले शनिबार क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । अनेरास्ववीयु , माओवादी केन्द्र , विप्लव , बैद्य निकट अनेरास्ववीयु (क्रान्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् । संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलित विद्यार्थी संगठनले तत्काल आफ्ना माग पूरा गरेर चुनावी वातावरण निमार्ण गर्न माग गरेका छन् । साथै चुनावी वातावरण नभएसम्मका लागि तालाबन्दी गरिएको विज्ञप्तिमा जनाइएको छ । यसैगरी संयुक्र मधेसी लोकतान्त्रिक मोर्चा संग आवद्ध विद्यार्थी संगठनले नवलपरासीको बेलाटारी क्याम्पसमा समेत तालाबन्दी गर्दै क्याम्पस गेटमा कालो झण्डा गाडेको छ । तत्कालीन अवस्थामा निर्वाचन गर्न उचित नभएको भन्दै निर्वाचन रोक्न माग गरेको छ । मोर्चाले आफ्ना माग अटेर गरेर निर्वाचनका कार्यक्रम अगाडि बढाएमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । जिल्लाको ५ वटा क्याम्पसमा स्ववीयु निर्वाचन हुँदैछ । यस्तै मोरङमा संयुक्त मधेसी विद्यार्थी मोर्चाले स्ववियु निर्वाचनको विरोधमा विराटनगरस्थित क्याम्पसहरुमा कालो झण्डा गाडेको छ । विद्यार्थीहरुले महेन्द्र मोरङ बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्प्स र नर्सिङ्ग क्याम्प्समा कालो झण्डा गाडेका हुन् । विद्यार्थीहरुले स्ववियु निर्वाचनको हुन नदिन क्याम्पस प्रशासन र क्याम्पसस्थित निर्वाचन कार्यालयमा तालाबन्दी समेत गरेका छन् । समाजवादी विद्यार्थी फोरम नेपाल, तराई मधेस विद्यार्थी फ्रण्ट, विद्यार्थी मञ्च र नेपाल विद्यार्थी मञ्चले कालो झण्डा र तालाबन्दी गरेका हुन् । संविधान संशोधन नभएसम्म स्ववियु निर्वाचन हुन नदिन भन्दै क्याम्पसहरुमा तालाबन्दी र कालो झण्डा गाडेको मोर्चाका विद्यार्थी नेता तिलक साहले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!