27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीको कावासोतीमा समुदाय र प्रहरीको सम्बन्ध सुधारकालागि ड्रामा क्लिनिक

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१४, कावासोती, कावासोतीमा समुदाय र प्रहरीको सम्बन्ध सुधारकालागि ड्रामा क्लिनिक हुने भएको छ यहि फागुन १५ देखि १७ गते सम्म कावासोतीमा हुने ड्रामा क्लिनिकमा नवलपरासीको गैडाकोट देखि चोरमारा सम्मका ३० जना र १० जना प्रहरी समेत सहभागी हुने आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो प्रहरी र स्थानीय समुदायलाई समाजमा स्थापना र सामुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच बिश्वास , सहकार्य र आपशी जवाफदेहिता बढाउने उद्देश्यले नाटक कार्यशाला आयोजना गरिएको सम्मेलनमा जानकारी गराईएको थियो कार्यक्रममा गैडाकोट देखि चोरमारा सम्मका ५ वटा गाबिस र ४ वटा नगरपालिका भित्रका स्थानीय महिला निगरानी समूह, महिला स्वयमंसेविका, सामुदायिक मेलमिलाप समिति, युवा क्लव, नाटक समूह, नागरिक वडा मन्च, बिद्यालय ब्यबस्थापन समिति, आदिवासी तथा दलित समूह नेपाल प्रहरीको प्रतिनिधित्व हुने आयोजकले जनाएको छ पहुच  परियोजनाका फिल्ड संयोजक बालिका चौधरी र कुसुम नाटय समुहका केन्द्रीय सदस्य एवं कलाकार खगराज सापकोटाले सहजीकरण गर्नुहुने आयोजकले जानकारी दिएको छ  कार्यशाला पश्चात सडक नाटक समेत प्रस्तुत गरिने छ

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!