27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपुर जेसीजको पहलमा पहिलो राष्ट्रिय स्तरको कार्यक्रम कावासोतीमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१३, कावासोती, खगराज सापकोटा , नवलपुर जेसीजको संयोजन तथा  नेपाल जेसीजको आयोजनामा नवालापरसीको कावासोतीमा जिल्लामै पहिलो पटक राष्ट्रिय स्तरको कार्यक्रम हुने भएको छ ।  यही फागुन १५ गते देखी १७ गते सम्म नवलपुर जेसीजको आतिथ्यतामा नवलपुर क्षेत्रको कावासोतीमा उक्त्त कार्यक्रम सम्पन्न हुने भएको हो । नवलपुर जेसीजको पहलमा देश भरीका नेपाल जेसीजमा आबद्ध १३९ बटा शाखाका शाखाअध्यक्ष, महासचिव र कोषाध्यक्षलागायत गरेर किरव ५ सय प्रतिनिधिको उपस्थिती हुने NOM/LOM नामको  कार्यक्रमको आयोजना गरिन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । नवलपुर जेसीस वर्ष २०१७का अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नवलपुर जेसीस वर्ष ३०१७का महासचिव त्रिभुवन तिवारीद्धारा प्रस्तुत गरिएको प्रेस विज्ञप्तिमा नवलपुर क्षेत्रको पर्यटकीय प्रवर्दन मात्र नभइ नवलपुर क्षेत्रका होटल ब्यवसाय, ब्यापार ब्यवसाय समेत बृद्धि भै स्थानीयरुपमा करिव ५० लाख भन्दा वढीको व्यापारव्यसाय हुने अपेक्षा समेत गरिएको छ । कार्यक्रमलाई सफल पार्न नवलपुर जेसीज वर्ष २०१७का अध्यक्ष कृष्ण प्रसाद अर्यालको संयोजकत्वमा विभिन्न उप समितिहरु तयार पारी निम्न उप समितिहरुले दु्रत गतिमा कार्य सम्पादन गरिरहकोको समेत  सुचना तथा सञ्चार संयोजक तिर्थ राज भुसालले जानकारी दिनु भयो  ।कार्यक्रममा नवलपुर जेसीजका सस्थापक अध्यक्ष वैकुष्ठ प्रसाद अर्याल ,कार्यक्रमका निर्देशक सागर पोख्रेललगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रमका सहजीकरण लोम नोम लिडडस एकेडेमीका सुचना तथा सञ्चार संयोजक तिर्थराज भुसालले गर्नु भएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!