27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

बाथ मुटु रोगको शल्यक्रिया नि:शुल्क गरेपछि सरकारले स्तन र पाठेघरमा लाग्ने क्यान्सरको उपचार निःशुल्क गराउने तयारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१३, काठमाडौँ– महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ ।

अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप रु एक लाख प्रदान गर्ने गर्दछ ।

यस अघि  बाथ मुटु रोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार नि:शुल्क गर्न सकिने अवस्था देखिएपछि सरकारले  वाथ मुटु रोगको शल्यक्रिया, खाने औषधि, अस्पताल वसाइलगायतका सवै उपचार नि:शुल्क गरेको थियो । ‘यो उत्पादनशील उमेर समूहलाइ लाग्ने रोग भएकाले समयमै उपचार गरेर उहाँहरुको काम गर्ने क्षमता कायम राख्दै सामान्य जीवनमा फर्काउने भन्दै यस्तो गरेको थियो । धेरै युवा बाथ मुटु रोग लागेर उपचार खर्चको अभावमा अलपत्र पर्ने गरेका थिए । यसअघि सरकारी अस्पतालहबाट १५ वर्ष मुनी र ७५ वर्षमाथिका मुटुरोगीका लागिमा नि:शुल्क उपचारको व्यवस्था थियो । यो रोग ५ देखि १५ वर्षसम्ममा सुरु हुने भए पनि शल्यक्रिया गराउनुपर्ने स्थितिमा पुग्दा उनीहरू वयस्क भइसक्ने भएकाले नि: शुल्क उपचार पाइरहेका थिएनन् । मुटुको भल्भ बिग्रेका व्यक्तिमध्ये धेरैको शल्यक्रिया गर्नुपर्छ भने सामान्य क्षति भए औषधि खाएर पनि चिकित्सकीय निगरानीमा रहनुपर्छ । कसैकसैमा यो समस्या बढ्नेसमेत गर्छ र शल्यक्रिया गराउनुपर्छ । शल्यक्रियामा मुटुको भल्भलाई फेरर कृत्रिम भल्भ राखिन्छ वा विरामी कै भल्भलाइ शल्य चिकित्सकले मर्मत समेत गर्छन् ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आजको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सो जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताए ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा महिलाको स्तन र पाठेघरका गरी बर्सेनि चार हजार नयाँ रोगी थपिने गर्छन् । मन्त्रालयले पाठेघर क्यान्सर रोगको पहिचानका लागि सबै महिलाको पाठेघरकाे प्याप स्मेयर परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको छ ।

मन्त्री खड्काले भने, – ‘पहिलो चरणमा सबै महिलाहरुमा पाठेघरको क्यान्सर भए/नभएको पत्ता लगाउन आवश्यक पर्ने परीक्षण देशभरमा गर्ने व्यवस्था मिलाउन लागेका छौँ, यो कार्य तुरुन्त सुरु हुन्छ ।’

यसका लागि मन्त्रालयले अर्थमन्त्रालयसित थप बजेट मागसमेत गरेको छ । उनले मन्त्रालयको योजनालाई सहयोग गर्न अमेरिका चीन, युएन वुमन, अस्ट्रेलिया, डेनमार्कका नेपालस्थित राजदूतसित छलफल गरेको जानकारीसमेत बैठकमा दिए ।  हाल मन्त्रालयको महिला, ज्येष्ठ नागरिक तथा बालबालिका र समाजकल्याणका लागि रु दुई अर्ब ४२ करोड बजेट रहेको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकले स्वास्थ्य मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई महिलालाई हुने स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्न निर्देशनसमेत दिएको थियो । सुरुको पहिलो तहमा ती स्थानमा क्यान्सरको लक्षण देखिएमा पूर्ण उपचार हुन सक्ने व्यवस्था नेपालमा नै रहेको छ ।  रासस 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!