27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

आफ्नै श्रीमान हत्या गरेकी महिलाले जेलमै गरिन श्रीमतीका हत्यारा संग बिबाह

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१३, जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन्।  कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो। कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए।

बन्दीगृहभित्र महिला र पुरुष छुट्टाछुट्टै बस्ने व्यवस्था छ। सँगै एकै ठाउँमा रहँदा डिल्लीकी आमाले मिम्कोसालाई बुहारी बन्न अनुरोध गरेकी थिइन्।जेलभित्रै बेहुली बनेकी मिम्कोसाले भनिन् ‘डिल्लीकी आमाले गर्दा मैले मन पराएकी हुँ। मैले श्रीमान हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे। त्यसैले उनीसँगै विवाह गर्न मन लाग्यो।’

डिल्लीले भने ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ। दुइटैको कमजोरी भएको छ कमजोरी गरेकाले कमजोरी गर्नेसँगै विवाह गरेको हुँ।’ उनीहरु जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!