27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

हिउँदमा पनि बर्षाकै बराबर बिजुली, राजस्व ह्वात्तै बढ्यो यस्तो छ कुलमानको सफलता

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१३, काठमाडौं । असोजको सुरुवातमा प्राधिकरणमा कुलमान घिसिङ नेतृत्वमा आए । कुलमानले लोडसेडिङ त हटाए नै, पुसमा पनि उनले बर्षायाम बेचिएको बराबर नै बिजुली उपभोक्ता माझ पुर्‍याए । यसरी बिजुलीको राजस्व बढाएर कुलमानले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने पथमा उन्मूख गराएका छन् ।

पुसमा प्राधिकरणले ३९ करोड २३ लाख युनिट बिजुली ग्राहकसमक्ष पुर्‍याएको देखिन्छ, जुन वर्षकै अधिकतम् बिजुली उत्पादन हुने भदौ महिनाको भन्दा थोरै मात्रै कम हो ।

गत वर्षहरुमा हिउँद सुरु भएपछि यति धेरै बिजुली ग्राहककोमा पुग्दैनथ्यो । यो वर्ष भने कुलमानले कसैगरी बिजुलीको खपतलाई धेरै ओराले लाग्नै दिएनन् ।

घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि सबै ठाउँमा लोडसेडिङ घट्यो । काठमाडौंसहित पोखरा र चितवनमा पनि लोडसेडिङ अन्त्यको घोषणा नै भइसक्यो ।

कुलमान नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनेपछि स्पष्ट रुपमा देखिने गरी धेरै कामहरु गरे । तर, उनले गरेका राम्रा काम सबै पर्दा बाहिरमात्रै छैनन् । उनले प्राधिकरणभित्र पनि सुधारका धेरै प्रयासहरु गरेका छन् ।

कुलमानको प्रयासबाट नै प्राधिकरणको वित्तीय अवस्था पनि ह्वात्तै उकालो लागेको छ । कुलमानले लोडसेडिङ हटाउन गरेको बिजुलीको कुशल व्यवस्थापनले प्राधिकरणको आर्थिक अवस्था उकालो लागेको हो ।

पुससम्म २१ अर्ब राजश्व

चालु आर्थिवर्षको साउनदेखि पुससम्मको प्राधिकरणको राजश्व हेर्ने हो गत वर्षको सोही अवधिको भन्दा निकै उच्च देखिन्छ । प्राधिकरणले २१ अर्ब ३० करोड रुपैयाँ बराबर महसुल उठाएको छ । गत वर्ष यो समयमा राजस्व उठ्ने दर योभन्दा निकै न्यून थियो ।

यो वर्ष प्राधिकरणले पुससम्म कुल बेचिएको बिजुलीमा झण्डै ९७ प्रशित महशुल समयमै उठाएको छ । प्राधिकरणले पुससम्म २२ अर्ब ३१ करेड रुपैयाँ बराबरको बिजुली बेचेको थियो ।

प्राधिकरणले पुससम्म गतवर्षको भन्दा धेरै रकमको बिजुली बेचेको छ भने राजश्व पनि गतवर्षको पुससम्मभन्दा बढी उठाएको छ ।

राजश्व धेरै उठ्नुको कारण हो, प्राधिकरणले धेरै परिमाणमा बिजुली बेच्नु । गत वर्षहरुमा लोडसेडिङ गराएर बिजुलीको खपत न्यून गराइन्थ्यो । उपलब्ध बिजुली पनि कमिसनका लागि डेडिकेटड फिडरमा दिने र धेरै बिजुली चोरीका लागि प्रयोग हुने गरेको तथ्य बाहिर आइसकेको छ ।

तर, यो वर्ष बिजुली निरन्तर आपूर्तिको प्रयास हुँदा पुसससम्म नै प्राधिकरणले २ अर्ब ३० करोड युनिट बिजुली बेचेको छ । जुन, गतवर्षको भन्दा निकै उच्च हो । कुलमान आएपछि प्राधिकरणमा ब्यालेन्स सीटमा नै ठूलो उपथपुथल आएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!