27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नेपालीहरुले युरोप आउन प्रयोग गर्ने लिबियाको समुद्री किनारमा ७४ लास, ‘मरियो भनेको बाँचे दाइ। अरु नआइदिए हुन्थ्यो’ भन्छन त्यहि बाटो इटाली पुगेका हुमवीर

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-११, लिबियाको समुद्री किनार जावियामा एक्काइस तारिख मँगलबार बिहान ७४ जनाको लास भेटिएको छ। लिबियाको रेडक्रसका प्रवक्ताले लास भेटिएका तस्वीरहरु सार्वजानिक गरेको कुराको तत्काल अनुगमन गरेपछि अन्तराष्टिय शरणार्थी उच्चायोगको लिबिया हेर्ने शाखाले पनि यसको पुष्टि गरेको छ।

हेक्का राख्नुपर्ने कुरा के छ भने, यो बाटो प्रयोग गरेर १६ जना नेपालीहरु गत वर्ष इटाली प्रवेश गरेका थिए। इटाली सरकारको शरणार्थी हेर्ने शाखाले लिएको बयानमा लिबियाको मेडिटेरिएन किनार जाबियाको बाटो हुँदै मानव तस्करहरुले उनलाई इटालीको सेसिलिया टापुमा ल्याएर छोडेको बताएका थिए।

सिरिया, इराक लगायत विभिन्न दँगाग्रस्त खाडी मुलुकका नागरिकहरु सुरक्षित जीवनको खोजीमा मानव तस्करहरुलाई मोटो रकम बुझाएर अत्यन्त जोखिमपूर्ण यात्रा गरेर इराक, ग्रिस प्रवेश गर्दछन्। शरणार्थी उच्चायोगले बताए अनुसार पोहोर साल असुरक्षित डुँगामा समुद्र मार्फत यात्रा गर्दा लिवियाको जावियाबाट हिँडेका ५ हजार ७९ मानिसहरु डुबेर मरेका थिए। मर्नेहरुको तथ्याँक कहिल्यै पूर्ण सत्य नहुने र सयौँ मानिसहरु अकालमा समुद्रमा मर्दछन् भनी आयोगको वक्तव्यमै बताइएको छ।

सोही बाटो हुँदै इटाली पुगेर अहिले पोर्चुगलमा काम गरिरहेका पाल्पा झँडेवाका हुमवीर राना मगरले बताए अनुसार सानो डुँगामा रातिको समयमा क्षमता भन्दा बढी मान्छे कोचेर समुद्रको बीच बाटोमा पुगेपछि ठूलो डुँगामा उस्तै खाँदाखाँद गरेर मान्छे पठाउँछन् मानव तस्करहरु। उनले त डुँगा डुबिहाले तैरिने ज्याकेट पनि लगाएका थिएनन्। ‘मरियो भनेको बाँचे दाइ। अरु नआइदिए हुन्थ्यो।’ साउदी अरब, कतार, सँयुक्त अरब इमिरेट्सबाट युरोप जाने सपनाले यस्तो खतरनाक बाटो नेपालीहरुले पनि रोजिरहेको बताउँछन हुमवीर।

मँगलबार भेटिएका लासहरु हेर्दा धेरैजसो अरबी, कोही मँगोलियन, बँगाली अनुहारका पाइएको रेडक्रसका प्रवक्ताले बताए। उनीहरुको लासलाई राजधानी त्रिपोलीको चिहानघारीमा सामूहिक रुपमा गाडिनेछ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!