27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

सेक्सले कर्मचारीको कार्यक्षमता बढ्ने भन्दै कार्यालय समयमा सेक्सकैलागी ब्रेक टाईम मागे कर्मचारीले

- Advertisement -
- Advertisement -spot_imgspot_img
फागुन-११, स्वीडेनको उतर-पूर्वी क्षेत्रस्थित एक नगरपालिकाले आफ्ना कर्मचारीका लागि कार्यालय समयमा सेक्स -ब्रेक प्रस्ताव गरेको छ।फिनल्याण्डको सीमावर्ती ओभेरतोर्नेओ नगरपालिकामा सोसियाल -डेमोक्र्याट पार्टीका स्थानीय प्रतिनिधि पेर-एरिक मुस्कुसले आफ्ना २ सय भन्दा बढी कर्मचारीका लागि पारिश्रमिक सहित दैनिक १ घण्टा सेक्स – ब्रेक दिनुपर्ने माग दर्ता गराएका छन्।
स्थानीय दैनिक भोस्टरबोतेन्सले जनाए अनुसार , उनले सेक्स अनिवार्य र स्वास्थ्यवर्द्धक भएको अध्ययन समेतले देखाएकोले आजको अत्यन्त ब्यस्त दिनचर्यामा सेक्स -ब्रेकले कर्मचारीको कार्यक्षमता बढ्नुको साथै सेवाग्राहीले प्रभावकारी सेवा पाउने दाबी गरेका छन्।
प्रस्तावक मुस्कुसले कर्मचारीले साँझ-बिहानको समय आफ्ना बालबालिकालाई दिनुपर्ने भएकोले दम्पतीबीच सहवासको लागि अनुकुल समय नै नभएकोले दिउँसोको १ घण्टा उपयुक्त समय भएको भन्दै तर यो समय दुरुपयोग हुनसक्ने चुनौती रहेको समेत औल्याएका छन्।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!