27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

सरकारको चुनाव घोषणा लगतै मधेसी मोर्चाको बन्द लगाएतका दबावमुलक आन्दोलनको घोषणा

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-९, काठमाडौं । सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको छ ।

चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु केहीसमय मिटर पर तमलोपा कार्यालयमा आन्दोलनबारे छलफल गरिरहेका थिए ।

सरकारले चुनावको मिति घोषणा गरे लगतै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मोर्चाले भोलि १० गते मसाल जुलस निकाल्ने र पर्सि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय भएको रामसपा महासचिव केशव झाले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!