27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा, चुनाव खर्च साढे १० अर्ब निकासा गर्ने र स्थानिय तहको संख्या पनि बढाउने निर्णय

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-९, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको चुनाव हुने जानकारी दिए ।

सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो तर सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो । जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने भएकोले बैशाख मै चुनाव गर्नुपरेको मन्त्री कार्कीको भनाई थियो ।

चुनाव घोषणाको तयारीका क्रममा सोमबार मन्त्रिपरिषद् बैठक तीन पटक बसेको थियो । विहान बसेको पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गर्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिने समय दिएको थियो ।

दिउँसो बैठकले १४ देशका राजदूत नियुक्तका लागि सिफारिस गरेको छ भने पाँच सचिवको सरुवा गरेको छ ।

चुनाव घोषणाका लागि भने साँझ तेस्रो मन्त्रिपरिषद् बैठक बसेको थियो ।  मधेसी मोर्चाको असन्तुष्टि छ नि भन्ने प्रश्नमा प्रवक्ता कार्कीले भने, ‘अब देश चुनावमा गयो ।’ मन्त्रिपरिषद बैठकले स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगलाई झण्डै साढे १० अर्ब दिने निर्णय गरेको छ । १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ चुनाव खर्च तत्काल निकासा गर्न अर्थ मन्त्रालयलाई भनिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!