27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित, केन्द्रीय सदस्यको चुनाव भोलि

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ ।

फागुन ६ गतेबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भने मतदान हुन बाँकी छ । भोलि विहान ७ बजेबाट मतदान हुने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ९८ केन्द्रीय सदस्यका लागि साढे ३ सय बढीको उम्मेदवारी परेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!