27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

बोलेरो जीप त्रिशुलीमा खस्यो, एकै परिवारका दुई बेपत्ता

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-९, चितवन । सोमबार बिहानै चितवनको कविलासमा बोलेरो जिप त्रिशुली नदीमा खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

चितवनको खैरहनीबाट कोठा सरेर गोरखा जाँदै गरेका गोरखा ताकुकी विष्णुमाया गुरुङ्ग र उनका नाति कविन गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रमुख दिपक थापले जानकारी दिए ।

दुर्घटनामा विष्णुमायाका छोरा  भिमबहादुर र बुहारी रिमा घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बा ३ च ७५४३ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल त्रिशुलीमा खसेको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!