27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा राना अध्यक्ष, अधिकांस राना प्यानलका विजयी

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-८, नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको शुक्रबार भएको निवार्चनमा नेकपा एमाले बाट नेतृत्व गर्नु भएका ईन्द्र कुमार राना प्यानल विजयी भएको छ । रानाको प्यानलमा उपाध्यक्ष रहेका रमेश बस्याल बाहेक अरु सबैले विजयीको सफलता हांसिल गरे । निवार्चन समितका सदस्य कृष्ण थापाका अनुसार नेकपा एमाले सहित १२ राष्ट्रिय दलको संयुक्त प्यानलका  अध्यक्ष रहेका ईन्द्र कुमार रानाले १ हजार १ सय ३३ मत ल्याएर बिजयी हुनुभएको थियो, उपाध्यक्षमा राना प्यानलका बस्याललाई हराउदै अर्को प्यानलका  धातानन्द बस्यालले ९ सय ५० मत प्राप्त गर्दै विजय हुनु भएको छ । त्यसैगरीसचिवमा राना प्यानलका छविलाल देवकोटाले १ हजार ४२ मत सहित विजयी हुनु भएको छ ।  कोषाध्यक्षमा एमाले प्यालनकी अञ्जु अर्यालले ९ सय ७९ प्राप्त गरी विजय हुनुभएको छ  । त्यस्तै सदस्यहरुमा सृजना आचार्य, सरस्वती पन्त कंडेल, धन बहादुर गुरुङ्ग , गजेन्द्र विश्वकर्मा  विजय हुनुभएको छ । त्यस्तैलेखा संयोजकमा थम बहादुर अधिकारी, लेखा सदस्यमा खेमकला सुवेदी पौडेल र रमेश श्रेष्ठ  विजय हुनुभएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!